डुम्रेमा निःशुल्क स्वास्थ्य शिविर, १५० जनाको स्वास्थ्य परीक्षण

डुम्रे : तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेमा शुक्रबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। शिविरमा १५० जनाले स्वास्थ्य परीक्षण सेवा लिएका छन् ।
तनहुँ उद्योग वाणिज्य संघ डुम्रे बजार इकाइ र क्षेत्रीय होटल संघ डुम्रे इकाइले संयुक्त आयोजना गरेको शिविरमा फिजियोथेरापी, मधुमेह, थाईराइड लगायतको परीक्षण गरिएको कार्यक्रम संयोजक शम्भु श्रेष्ठले बताए ।
शिविरमा ८० जनाको थाईराइडको लागि रगतको स्याम्पल संकलन गरिएको थियो । लायन्स क्लब अफ काठमाडौँ मिलन, पाथ ल्याब एण्ड डायग्नोस्टिक सेन्टर, सन्चो आयुर्वेदिक औषद्यालय डुम्रे, जेसिआई भानु बन्दीपुर लगायतका संघ संस्थाहरुको सहयोगमा शिविर सञ्चालन गरिएको थियो ।
कार्यक्रममा तनहुँ उद्योग वाणिज्य संघ डुम्रे इकाईका अध्यक्ष हिमलाल भि.के., क्षेत्रीय होटल संघ डुम्रे इकाइका अध्यक्ष सन्तोष थापा लगायतका वक्ताहरुले सर्वसाधारणलाई सहज रुपमा स्वास्थ्य सेवा पु¥याउन सबै एकजुट हुनुपर्ने बताए ।
निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रममा डा. ऋषिकान्त गिरी, डा. राम शंकर गुप्ता, डा. सुदिप धिताल, स्वास्थ्यकर्मी रुपेश थापा र पाथ ल्याब एण्ड डायग्नोस्टिक सेन्टरको प्राविधिक सहयोग रहेको थियो ।










