अपाङ्गता दिवसमा र्याली

अपाङ्गता भएका व्यक्तिहरुको ३२औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा आइतबार तनहुँको दमौलीमा सामाजिक विकास कार्यालय, तनहुँ र व्यास नगरपालिकाको संयुक्त आयोजना तथा अपाङ्गताका क्षेत्रमा काम गर्दै आएका संघसंस्थाहरुको समन्वयमा निकालिएको र्यालीका सहभागिहरु । ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिवद्धता : अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यवद्धता’ भन्ने नाराका साथ मनाइएको यस वर्षको दिवसका अवसरमा तनहुँका १० वटै पालिकाले सरोकारवाला निकाय तथा संघसंस्थाहरुले अपाङ्गता क्षेत्रका विषयमा विविध कार्यक्रम गरेका छन् । तस्विर : नारायण खड्का/भञ्ज्याङ










