तनहुँमा राहदानी बनाउनेको संख्या बढ्यो

भञ्ज्याङ समाचारदाता/दमौली

जिल्ला प्रशासन कार्यालय तनहुँबाट विद्युतीय राहदानी बनाउन सिफारिस गर्नेको संख्या आर्थिक वर्ष २०७९/८० मा हृवात्तै बढेको छ । आर्थिक बर्ष २०७९/८० मा जिल्ला प्रशासन कार्यालयद्वारा २२ हजार ६ सय ७१ जनाको सिफारिस गरिएको छ।

उक्त संख्या आर्थिक वर्ष २०७८/७९ को भन्दा १३ हजार आठ सय १७ जनाले बढी हो । जिल्ला प्रशासन कार्यालयबाट राहदानी सिफारिस गरिएको यो संख्या हालसम्मकै बढी भएको राहदानी फाँटका खरिदार सुमन थापामगरले जानकारी गराए । आर्थिक वर्ष २०७८/७९ मा कार्यालयबाट राहदानी सिफारिस गरिएको संख्या आठ हजार आठ सय ५४ रहेको थियो भने ६ हजार ६ सय १९ जनालाई राहदानी वितरण गरिएको थियो ।

विदेश अध्ययन गर्न जाने विद्यार्थी, वैदेशिक रोजगारीमा जाने तथा आफन्त भेट्न विदेश जानेको संख्या हृवात्तै बढेको थापामगर बताउँछन् । आव २०७९/८० को साउनमा एक हजार ८२ महिला र एक हजार चार सय ७८ पुरुष, भदौमा ६ सय ५० महिला र एक हजार एक सय ४६ पुरुष, असोजमा चार सय १८ महिला र सात सय १२ पुरुष, कात्तिकमा चार सय २१ महिला र सात सय ९१ पुरुष, मंसिरमा चार सय ८ महिला र सात सय ८८ पुरुष तथा पुसमा छ सय १५ महिला र एक हजार एक सय ५३ पुरुषलाई राहदानीका लागि सिफारिस गरिएको कार्यालयको अभिलेखमा उल्लेख छ ।

यस्तै माघमा ६ सय ५२ महिला र एक हजार एक सय तीन पुरुष, फागुनमा ६ सय ५८ महिला र एक हजार एक सय ८८ पुरुष, चैतमा आठ सय ९५ महिला र एक हजार पाँच सय ३३ पुरुष, वैशाखमा सात सय ६७ महिला र एक हजार दुइ सय ६३ पुरुष, जेठमा एक हजार ६३ महिला र एक हजार पाँच सय ६३ पुरुष तथा असारमा सात सय ८३ महिला र एक हजार एक सय ७० पुरुषलाई राहदानीका लागि सिफारिस गरिएको थियो । यस्तै एक सय ९८ नाबालकको सिफारिस गरिएको तथ्यांक छ ।

आव २०७९/८० मा राहदानी सिफारिसबाट अघिल्लो आवको भन्दा झण्डै दोब्बर राजस्व संकलन भएको थियो । आव २०७९/८० मा रु आठ करोड ८५ लाख राजस्व संकलन भएको थियो भने आव २०७८/७९ मा रु चार करोड ४२ लाख राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker