तनहुँमा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस मनइने

भञ्ज्याङन्यूज

संयुक्त राजनीतिक दलित संघर्ष समिति तनहुँले छुवाछुत उन्मुलन राष्ट्रिय दिवस मनाउने भएको छ । समितिका संयोजक डोबाटे बि.क.को अध्यक्षतामा बसेको बैठकले जेठ २१ ग्ाते सोमबार उक्त दिवस मनाउन १५ सदस्यीय व्यवस्थापन समिति र विभिन्न उपसमिति गठन गरेको छ ।

दिवस मनाउनका लागि महिला परिचालन उपसमितिमा लक्ष्मी परियारको संयोजकत्वमा तीन सदस्य समिति गठन गरिएको छ । जसमा सुनिता नेपाली र जौमाया सुनार रहेका छन् । त्यसैगरी संस्कृति उपसमितिको संयोजकमा श्रीराम गन्र्धव, कृष्णबहादुर परियार, सन्दीप परियार, सीता बिसी रहेका छन् । सम्मान उपसमितिको संयोजकमा विकास सुनार, गोपाल सुर्खाली, प्रकाश सुनाररहेका छन् ।

मिडिया उपसमितिको संयोजकमा एस.बि. नेपाली, पूर्ण बिक, अशोक बिक, सन्तोष बिक, सुरेश सुनार, शालिकराम सुनार, शर्मिला बिक, अन्जान परियार रहेका छन् भने, प्रचारप्रसार उपसमिति संयोजकमा अमृतबहादुर नेपाली, गोपाल सुर्खाली र दीपक बिक रहेका छन् । मञ्च व्यवस्थापन उपसमितिको संयोजकमा पदम सुनार, मिनबहादुर चदारो र लोकबहादुर बिक रहेको बताइएको छ ।

यस्तै, बैठकले राजनीतिक क्षेत्र लगायतका विविध क्षेत्रमा योगदान गरेका चार व्यक्तिलाई सम्मान गर्ने भएको छ । भानुकी उपप्रमुख उमा गोतामे, शुक्लागण्डकी नगरपालिकाकी निवर्तमान उपप्रमुख सबिता रसाइली, शुक्लागण्डकीकै उपप्रमुख खुम बहादुर बिक राजु र मरणोपर्यन्त स्व. रामलिला सुवर्णकारलाई सम्मान गरिने भएको छ ।

छुवाछुत मुक्त राष्ट्र घोषण भएपनि कार्यन्वयन नभएकाले दलितका हक अधिकार स्थापित गर्न दबाब दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको समितिले बताएको छ । सरकारले विसं २०६३ पुनःस्थापित संसदले छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको खुशीयालीमा उक्त दिवस मनाउन लागेको हो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker