शुक्लागण्डकीको सेवा प्रवाह केन्द्रको अवलोकन 

दुलेगौंडा : स्थानीय सरकारले प्रवाह गर्ने सेवालाई झण्झट रहित रुपमा प्रदान गर्न तनहुँको शुक्लागण्डकी नगरपालिकाले सञ्चालन गरेको ‘सेवा प्रवाह केन्द्र’को बुधबार केन्द्र र प्रदेश सरकार सहित विदेशी प्रतिनिधिहरुले अवलोकन गरेका छन् ।
सेवाग्राहीलाई दिने सेवाको यो असल अभ्यास देशमै नमुना भएको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव रुद्रसिं तामाङ्ग सहितको टोलीले शुक्लागण्डकीको यो अभ्यास अवलोकन गरी प्रभावकारिता बारेमा जानकारी लिएका हुन् ।
गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय र प्रादेशिक तथा स्थानीय शासन सुदृढीकरण कार्यक्रमका विदेश प्रतिनिधिहरुले सेवा प्रवाह केन्द्रले पारेको प्रभावको बारेमा जानकारी लिदै थप ब्यवस्थित गर्न सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।
उक्त अवसरमा शुक्लागण्डकी नगरपालिकाका प्रशासन शाखाका प्रमुख लक्षमण लम्सालले सेवा प्रवाह केन्द्र सञ्चालनको विधि र सेवाग्राहीले पाएको सेवाका बारेमा जानकारी गराएका थिए ।
यस्तै नगरपालिकाका नगरप्रमुख कृष्णराज पण्डित, उपमेयर खुमबहादुर वि.क राजु, प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादे र शाखा अधिकृतहरुले सेवा प्रवाह केन्द्र सञ्चालन गर्दा सेवा प्रदानमा भएको सहजता, नागरिकमा देखिएको सन्तुष्टी र थप ब्यवस्थित गर्न देखिएको चुनौती लगायतका विषयमा अवलोकनमा आएका प्रतिनिधिलाई जानकारी गराएका थिए ।
नगरपालिकाले दुई बर्ष अघिदेखि सञ्चालन गर्दै आएको सेवा प्रवाह केन्द्रबाट सेवा लिदा नागरिकहरु फाइल बोक्दै कोठा कोठा हिड्नुपर्ने झण्झट अन्त्य भएको छ । आफ्नो कामको जानकारी सहित आवश्यक कागाजत केन्द्रमा बुझाएपछि बाँकी काम नगरपालिकै कर्मचारीले सम्पन्न गरी नागरिकलाई बुझाउने गर्दछन् ।
यस्तै, कुनै गुनासो वा प्रकृया नमिले सोही केन्द्रबाट समाधानका लागि परामर्श समेत प्रदान गरिदै आएको प्रमुख प्रशासकीय अधिकृत लामगादेले जानकारी दिए । सेवाग्राहीलाई आफ्नो काम भईञ्जेलसम्मका लागि प्रतिक्षा गर्न केन्द्र परिसरमा आरामदायी सोफा सहितको बस्ने ब्यवस्था गरिएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker