वर्षाले सडक भाँसिदा पृथ्वीराजमार्गको तनहुँ स्थित छिर्कने-घाँसीकुवा खण्ड एकतर्फी

भञ्ज्याङन्यूज

सोमबार रातीदेखि परेको अविरल वर्षाका कारण पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ देउरालीमा मंगलबार सडक भासिएको छ । सडक भासिएपछि अहिले छिर्कने-घाँसीकुवा खण्डमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ ।

मुग्लिन-पोखरा सडक विस्तार योजनाको काम भइरहेकाले उक्त ठाउँमा सडक भासिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । सडक भासिँदा उक्त खण्ड एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख वरिष्ठ प्रहरी नायव निरीक्षक राविजव विष्टले जानकारी गराए ।

निर्माणाधीन आँबुखैरेनी-जामुने-कोत्रे सडकखण्डमा वर्षातको पानीका कारण ठाउँ-ठाउँमा साना तथा ठूला पहिरो जाने, सडक भासिने र सवारी साधन फस्ने समस्या रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker