यौन दुर्व्यहारको आरोपमा भिमादबाट शिक्षक पक्राउ
भञ्ज्याङ समाचारदाता (दुलेगौंडा)
आफ्नै विद्यालयका छात्राहरुलाई यौन दुर्व्यवहार गरेको आरोपमा जनज्योति माध्यामिक विद्यालय भिमादका एक शिक्षक पक्राउ परेका छन् । विद्यालयमा अध्ययनरत छात्राहरुलाई यौनजन्य गतिविधि गर्दै आएको किटानी जाहेरी परेपछि शिक्षक प्रविन सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
सुवेदीलाई इलाका प्रहरी कार्यालय बेलचौताराको नियन्त्रणमा रहेका छन् । आधारभुत तहमा अध्यापन गर्ने सुवेदीले कक्षा ६ र ७ का छात्राहरुमाथि अस्वभाविक हर्कत गर्ने गरेको विद्यार्थीहरुले आरोप लगाएका छन् । विद्यार्थीहरुले यस सम्बन्धी निवेदन विद्यालय प्रशासन र इलाका प्रहरी कार्यालय भिमादमा समेत दिएका थिए ।
आफुहरुलाई शिक्षक सुवेदीले यौन दुर्ब्यवहार गरेको भन्दै मंगलबार विद्यार्थीहरु आन्दोलित भएका थिए । आरोपित शिक्षक भने गत सोमबारदेखि नै विद्यालयमा अनुपस्थित रहेको विद्यालयका प्रधानाध्यापक चन्द्र प्रकाश सुवेदील जानकारी दिए ।
‘विद्यार्थीहरुको निवेदन अनुसार छानविन भईरहेको छ’, प्रधानाध्यापक सुवेदीले भने, ‘शिक्षकबाट यस्तो किसिमको हर्कत नहुनुपर्ने हो, साना विद्यार्थीहरुले नै यस्तो आरोप लगाएपछि विषय गम्भिर देखिएको छ ।’










