गण्डकी प्रदेशमा थप २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

गण्डकी प्रदेशमा थप २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५१३ जनामा गरिएको परीक्षणमा २१३ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये पीसीआर प्रविधिबाट १७८ र एन्टिजिन परीक्षणबाट ३८ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रदेशमा केही दिनदेखि क्रमश कोरोना संक्रमण उच्च रुपमा वृद्धी भएको छ । एक हप्तामा गण्डकीमा कोरोना संक्रमण तीव्ररूपमा बृद्धि भएको छ । गत आइतबार प्रदेशका विभिन्न जिल्लामा ३८ जना मात्र संक्रमित देखिएकोमा सोमबार ७०, मंगलबार ११४, बुधबार १२१, बिहिबार १६५ शुक्रबार १८६,शनिबार २०६ र आज आइतबार २१३ जनामा संक्रमण देखिएको हो । एक हप्ताको तथ्याङ्क हेर्दा प्रदेशमा कोरोना संक्रमण तीब्र गतिमा बृद्धि भएको छ ।

प्रदेशका ११ जिल्ला मध्ये कास्कीको पोखरा रेडजोन बनेको छ । प्रदेशमा देखिएका २१३ संक्रमितमध्ये कास्कीका मात्र १५८ जना रहेका छन । त्यसैगरी लमजुङ १२,पर्वतमा १, बागलुङ ३, स्याङजा २०, म्याग्दी १, गोरखा २, तनहुँ ४ र नवलपरासी पूर्वमा १२ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । योसँगै प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या ८९ हजार ६५१ पुगेको छ ।

गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार ४ सय २८ रहेकोे छ । प्रदेशमा पछिल्लो चौबिस घण्टामा थप १६ जना संक्रमणमुक्त भएका छन । प्रदेशमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८७ हजार ६९ पुगेको छ ।

प्रदेशमा हालसम्म ३ लाख ६० हजार १४ जनाको परीक्षण भएको छ । हाल प्रदेशमा ११५४ सक्रिय संक्रमित रहेका छन् । तिमध्ये १११८ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker