नेपाल पाकिस्तानसँग २३८ रनको फराकिलो अन्तरले पराजित

नेपाल एसिया कपको पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको छ । ३ सय ४३ रनको विशाल लक्ष्य लिएर आएको नेपाल २३.३ ओभरमा १ सय ४ रनमा अलआउट भयो । कप्तान बाबर आजम र इफ्तिखार अहमदले सानदार दोहोरो शतकीय साझेदारी गरेपछि टस जितेर ब्याटिङमा आएको पाकिस्तानले मुल्तान क्रिकेट रंगशालामा निर्धारित ५० ओभर खेल्दै ६ विकेट गुमाई ३ सय ४२ रन बनाएको थियो ।

नेपालबाट आरिफ शेखले २६, सोमपाल कामीले २८ र गुल्शन झाले १३ रन बनाउनुबाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन् । कुशल भुर्तेलले पहिलो ओभरको सुरुका दुई बलमै शाहिन शाह अफ्रिदीलाई लगातार चौका प्रहार गरेका थिए । तर अफ्रिदीले पहिलो ओभरको अन्तिम दुई बलमा कुशल र कप्तानलाई आउट गरे ।

कुशलले लेग साइडमा गएको बललाई विकेटकिपरलाई क्याच दिन पुगे । रोहितले अफ्रिदीको बल ठम्याउन नसक्दा एलबीडब्लु आउट भए । आरिफ र सोमपालले चौथो विकेटमा ५९ रनको साझेदारी गरे । आरिफले ५ र सोमपालले ४ चौका प्रहार गरे । गुल्शनले १ छक्का प्रहार गरेका थिए ।

दीपेन्द्रसिंह ऐरी ३, कुशल मल्ल ६, तथा सन्दीप लामिछाने र ललित राजवंशी शुन्यमा आउट भए । करण केसी ७ रनमा अविजित रहे । लेग स्पिनर सदाब खानले ४ विकेट लिए । उनले ६.४ ओभरमा २७ रन खर्चे । अफ्रिदी र हरिस राउफले २–२ तथा नसिम शाह र मोहम्मद नवाजले १–१ विकेट लिए ।

यसअघि नेपालले उत्कृष्ट सुरुआत गरे पनि त्यसको फाइदा उठाउन सकेन । नेपालले फितलो फिल्डिङ र अनुशाषित बलिङ गर्न नसकेपछि पाकिस्तानले विशेष गरी ब्याटरद्धय बाबर र अहमदले त्यसको भरमुर फाइदा उठाए । नेपालले फिल्डिङका क्रममा आधा दर्जन चौका छाड्न पुगेको थियो । बाबरले १ सय ५१ र अहमदले अविजित १ सय ९ रन बनाए ।

पाकिस्तानले अन्तिम ८ ओभरमा १ सय १८ रन प्रहार गरेको थियो । नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा खर्चेको सबैभन्दा बढि रन हो । जुनमा जिम्बावेमा भएको विश्वकप छनोटमा वेस्ट इन्डिजले बनाएको ३३९–७ को स्कोर नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा खर्चेको सबैभन्दा बढि रन थियो । नेपालले एकदिवसीयमा केवल तेस्रो पटक ३ सयभन्दा बढि रन खर्चेको हो ।

खेलको पहिलो ओभरमा फाखर जमानले सोमपाल कामीलाई २ चौकासहित ९ रन प्रहार गरेका थिए । त्यसपछि सोमपाल र उनका ओपनिङ बलिङ जोडि करण केसीले राम्रो बलिङ गर्दै पुनरागमन गरेका थिए । पाँचौं ओभरमा सोमपालको बलमा आरिफ शेखले क्याच लिन नसक्दा इमाम उल हक जोगिएका थिए ।

तर आरिफका भाई विकेटकिपर आसिफ शेखले उत्कृष्ट डाइभिङ क्याच लिएपछि करण केसीले जमानलाई १४ रनमा आउट गरेका थिए । गुल्शन झाले डिप स्क्वायरमा फितलो फिल्डिङ गरेपछि बाबर आजमले आफुले सामना गरेको पहिलो बलमै चौका प्रहार गरेका थिए । तर अर्को ओभरको पहिलो बलमै रोहितले मिड अफबाट सिधा थ्रोमा इमामलाई ५ रनमा रन आउट गरेका थिए ।

मोहम्मद रिजवान पनि रन आउट भए । उनलाई दीपेन्द्रसिंह ऐरीले सिधा थ्रोमा रनआउट गरे । त्यसभन्दा अगाडि रिजवानले कप्तान बाबरसँग तेस्रो विकेटमा ८६ रनको महत्वपूर्ण साझेदारि गरिसकेका थिए । रिजवानले ५० बल खेली ६ चौकासहित ४४ रन बनाए । सन्दीप लामिछानेले सल्मान अघालाई ५ रनमा आउट गर्दा पाकिस्तान २८ औं ओभरमा १२४–४ को स्थितिमा थियो ।

बाबरले १ सय ९ बलमा शतक पुरा गरेका थिए । यो उनको १९ औं एकदिवसीय अन्तर्राष्ट्रिय शतक हो । बाबरले दोस्रो पटक एकै खेलमा १ सय ५० भन्दा बढि रन बनाएका हुन् । उनी आफ्नो उच्च स्कोरभन्दा ७ रनले पछाडि रहे । १ सय ३१ बल खेलेका उनले १३ चौका र ४ छक्का प्रहार गरे ।

अहमदले आफ्नो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय शतक बनाए । उनले ६७ बलमै शतक पुरा गरेका थिए । बाबर र अहमदले पाँचौं विकेटमा २ सय १४ रनको साझेदारी गरे । अहमदले ७१ बल खेल्दै ११ चौका र ४ छक्का प्रहार गरे ।

अन्तिम ओभरको चौथो बलमा सोमपालले लङ अफमा वैकल्पिक फिल्डर सन्दीप जोराबाट क्याच गराए । सदाब खानले आफुले सामना गरेको पहिलो बलमा चौका प्रहार गरे पनि इनिङ्सको अन्तिम बलमा उनलाई सोमपालले बोल्ड गरे । सोमपालले १० ओभरमा ८५ रन खर्चन पुगे ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker