मदन-आश्रति स्मृति दिवस : दमौलीमा मैत्रीपूर्ण बास्केटबल

भञ्ज्याङ समाचारदाता/दमौली

मदन-आश्रति स्मृति दिवसको अवसरमा दमौलीमा बुधबार मैत्रीपूर्ण बास्केटबल प्रतियोगिता आयोजना गरिएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा व्यास-३ स्थित कोर्टमा बास्केटबल प्रतियोगिता आयोजना गरिएको हो ।

हैरान्स ए र हैरान्स बी बीच आयोजित खेलमा हैरान्स ए विजेता भएको छ । खेलाडीहरुलाई नेकपा एमाले तनहुँका उपाध्यक्ष हरिराज कंडेल, सचिव राजेश्वर ढकाल, एकेडेमीका अध्यक्ष कविराज श्रेष्ठले प्रमाणपत्र वितरण गरेका थिए ।

पछिल्लो समय जिल्लामा बास्केटबलमा खेलाडीको आकर्षण बढेकाले स्मृति दिवसको अवसरमा मैत्रीपूर्ण खेल खेलाइएको एकेडेमीका अध्यक्ष श्रेष्ठले जानकारी दिए । खेलमा कृष्णकुमार श्रेष्ठ (जेके)ले प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।

नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी तथा संगठन विभाग प्रमुख जीवराज आश्रतिको रहस्यमय निधन भएको दिनको सम्झनामा आज मदन आश्रति स्मृति दिवस मनाइँदैछ । २०५० जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय जिप दुर्घटना परी दुवै नेताको निधन भएको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker