कुन विधामा अन्तर्राष्ट्रिय पदक !, धेरै पदक प्राप्त गर्न आवधिक कार्ययोजना

युवा तथा खेलकुद मन्त्रालयले अन्तर्राष्ट्रिय खेलकुदमा आगामी दिनमा धेरै पदक प्राप्त गर्न आवधिक कार्ययोजना बनाएर काम गर्ने भएको छ ।

नेपालले हालसम्म प्राप्त गरेका पदकका आधारमा सम्भावित खेल विधाबाट कहिलेसम्म पदक प्राप्त गर्ने ठोस लक्ष्य निर्धारणसहित मन्त्रालयले कार्ययोजनाको तयारी गरेको छ । मन्त्रालयका सचिव डा दामोदर रेग्मीले कुन खेलबाट कहिलेसम्म पदक हासिल गर्न सकिन्छ त्यसको स्तरण निर्धारणसहित आवधिक कार्ययोजना ल्याइने बताउनुभयो ।

नेपालले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिएको लगभग छ दशक भइसकेको छ । नेपालले सन् १९५१ देखि एशियाली, सन् १९६४ देखि ओलम्पिक र सन् १९८४ देखि दक्षिण एशियाली खेलकुद प्रतियोगितामा भाग लिँदै आएको छ ।

अन्तर्राष्टिय प्रतियोगितामा नेपालले आजसम्म ओलम्पिक प्रतियोगितामा १३, एशियाली खेलकुदमा १८ र दक्षिण एशियाली खेलकुद (साग)मा १३ पटक सहभागी भई २०८ वटा पदक प्राप्त गरेको छ । एशियाली गेम्समा नेपालले बक्सिङ, तेक्वान्दो, कराते, प्याराग्लाइडिङमा रजत र कास्य गरी २४ पदक प्राप्त गरेको तथ्याङले देखाएको छ । राष्ट्रिय खेलकुद परिषद्का अनुसार विसं २०७७ सम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता नेपाली खेलाडीको सङ्ख्या एक हजार ८६० छ । सचिव रेग्मीका अनुसार अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितमा नेपालले पदक प्राप्त गरेका खेल विधा करिब ३० छन् ।

विगतका अनुभव र अभ्यासका आधारमा मन्त्रालयले अन्तर्राष्ट्रिय प्रतियोगितमा पदकको बढी सम्भावनायुक्त र अली बढी मेहेनतको खाँचो रहेको खेल विधाको यकिन गरी कार्ययोजना तयारी गर्दैछ । दक्षिण एशियाली खेलकुदमा नेपालले कराते, गल्फ, टेबल टेनिस, कुस्ती, साइक्लिङ, एथेलेटिक्स, आर्चरी, महिला वीचभलिबल र भलिबल, पौडी, टेनिस, फुटबल, महिला फुटबल, जुडो, तेक्वान्दो र क्रिकेटमा पदक हासिल गरिसकेको छ ।

महिला क्रिकेट, महिला र पुरुष खोःखोे, महिला हयाण्डबल, महिला कवड्डी, व्याडमिन्टन, ट्रायथलन, भारत्तोलन, बक्सिङ र फेन्सिङमा नेपालको खेल गौरव गर्न लायक नै छ । एशियाली खेलकुद प्रतियोगितामा नेपालले बक्सिङ, तेक्वान्दो, कराते, प्याराग्लाइडिङमा पदक प्राप्त गरिसकेको छ ।

विश्वको सबैभन्दा ठूलो प्रतियोगितामा ओलम्पिक प्रतियोगितामा नेपालका तर्फबाट एथलेक्टिस, बक्सिङ, जुडो र पौडी विधाले प्राथमिकता पाउँदै आएको छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले सबै विधामा पदकको सुनिश्चित नभई आक्कलझुक्कलरूपमा पदक पाएको तथ्याङ्क छ । टेबल–टेनिस, बास्केटबल, वीचभलिबल, महिला भलिवल, टेनिस, स्वक्वास, पुरुष र महिला खोःखो नेपाली खेलाडीले अलि मेहेनत बढी गर्न पर्ने तर पदकको सम्भावना बोकेका खेल विधा हुन् ।

महिला ह्याण्डबल, कबड्डी, व्याडमिन्टन र हाइअल्टिच्युडमा पदक प्राप्तिका लागि नेपालका तर्फबाट थोरै प्रतिभा निखार गर्न सकिने खेल विधाका सूची हुन् । अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले पदक प्राप्त गर्न सबैभन्दा पहिलो आफ्नो नयाँ राष्ट्रिय रेकर्ड कायम गर्न जरुरी छ ।

सचिव रेग्मी भन्नुहुन्छ, “सबैभन्दा पहिले राष्ट्रिय रेकर्ड तोड्न आवश्यक छ । आफ्नै रेकर्ड तोड्न नसकेपछि कसरी अर्काको रेकर्ड तोड्न सकिएला ! अबको तयारी भनेको पहिला राष्ट्रिय, अनि साग, एशियाली हुँदै ओलम्पिकमा पदक प्राप्तिको विषय आउँछ ।”

नेपालले आफ्नो रेकर्ड तोड्नासाथ सार्कमा मुलुकको खेलकुदस्तर राम्रो हुने र त्यसले एशियाली खेलकुदमा पदक हासिल गर्न ऊर्जा र प्रेरणा प्रदान गर्ने छ । खेलकुद विधालाई सशक्त र प्रभावकारी तुल्याउने उपयुक्त पूर्वाधार निर्माण, प्रतिभावान खेलाडी पहिचान र नियमित अभ्यास र प्रतियोगिता आवश्यक पर्छ । नेपालले आगामी एशियाली खेलकुदका लागि सागका स्वर्ण पदाधिकारी खेलाडी छनोट गरी नियमित तालिम र प्रशिक्षण चलाउँदै आएको छ । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker