सडक विस्तारको काम

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ र बन्दिपुर गाउँपालिका-१ सिमानामा राजमार्ग चौडा गर्ने काम गरिदै । वर्षादका कारण राजमार्गको मुग्लिन-पोखरा सडक विस्तार आयोजनाको सुस्ताएको कामलाई पानी पर्न कम हुँदैगएपछि तीब्रता दिन थालिएको छ । राजमार्गको पूर्वीखण्ड अन्तर्गत जामुने-आँवुखैरेनी खण्डमा अहिले सडकको नालि निर्माण, टेवा पर्खाल निर्माण लगायतका कामलाई तीब्रता दिइएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ