बन्दिपुरमा वाह्य पर्यटकको चहलपहल सुरु

भञ्ज्याङ समाचारदाता/बन्दिपुर

तनहुँको प्रमुख पर्यटकीय गन्तव्यस्थल बन्दिपुरमा वाह्य पर्यटकको चहलपहल सुरु भएको छ । असोज लागेसँगै बन्दीपुरमा विदेशी पर्यटक आउन थालेका हुन् ।

विदेशीको घुम्ने समय भएकाले बन्दिपुर आउने क्रम सुरु भएको व्यवसायी बताउँछन्। बन्दिपुर पर्यटन विकास समितिका अध्यक्ष एवं होटल व्यवसायी किसन प्रधानले विदेशी पर्यटकको आगमन सुरु भएको बताए ।

“तीन दिन अगाडिमात्रै ७० विदेशी पाहुना बन्दिपुर आउनुभयो”, प्रधानले भने, “आइतबार पनि २५ जना आउनुभएको छ, अब बन्दिपुरमा विदेशीको चहलपहल थप बढ्ने विश्वास लिएका छ्रौँ ।” बन्दीपुर आउने पर्यटकमध्ये फ्रान्स, बेलायतका बढी छन् ।

चिनियाँ पर्यटक भने बन्दिपुरमा ठप्प रहेको उनले बताए । उनले भने, “पहिला पहिला बन्दिपुरमा सबैभन्दा बढी पर्यटक चिनियाँ हुन्थे, तर अहिले चिनियाँ पर्यटक ठप्प छन्, युरोपेली मुलुकका पर्यटक आउँछन ।”

विदेशी पर्यटकको घुम्ने समयका कारण नेपाल आएका पर्यटक प्याकेजमा बन्दिपुरसम्म आउने गरेका छन् । अध्यक्ष प्रधानले भने, “नेपाल आएका पर्यटक पोखरा, सौराहा लगायतका ठाउँसम्म घुम्न निस्किने र त्यही बेला बन्दिपुर भ्रमणका लागि आउने गरेका छन् ।”

पर्यटक बन्दिपुरको रीतिरिवाज, रहनसहन देखेर लोभिने गर्छन । बन्दिपुरमा विदेशी पर्यटकको चहलपहल सुरु भए पनि स्वदेशी पर्यटक भने न्यून रहेको व्यवसायी बताउँछन् ।

होटल व्यवसायी बसन्त पौडेलले स्वदेशी पाहुनाको आगमन घटेको बताए । उनले भने, “स्वदेशी पाहुना फ्याट्टफुट्ट मात्रै बन्दीपुर आइपुगेका छन् ।”

सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दिपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ ।

प्राकृतिक सुन्दरता बोकेको बन्दिपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरी लगायतका हिमशृङ्खला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने गर्दछ ।

भक्तपुरे शैलीमा निर्माण गरिएको घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्र लगायतका स्थल यहाँ आउने पर्यटकको पहिलो रोजाइँ बन्ने गरेको छ। बन्दीपुरमा होटल संघसँग आबद्ध साना ठूला गरी ७७ होटल सञ्चालनमा छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker