एमालेको जनजागरण सभा : राजतन्त्र फर्किने सम्भावना छैन, प्रतिगामीविरुद्ध सबै एकजुट हुनुपर्छ

दमौली : नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँले दमौलीमा संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनजागरण सभा गरेको छ । उक्त जनजागरण सभालाई सम्बोधन गर्दै एमाले नेताहरुले राजतन्त्र फर्किने सम्भावना नरहेको र प्रतिगामीविरुद्ध सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।
जनजागरण सभामा सहभागि भएका नेता कार्यकर्ताहरुले जिल्ला पार्टी कार्यालयबाट निकालिएको ¥यालीले दमौली बजार परिक्रम गरी प्रशासनचोकस्थित अनशनचौतारीमा सभा गरिएको थियो ।
उक्त जनजागरण सभालाई सम्बोधन गर्दै नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेश इन्चार्ज एवं स्थायी कमिटी सदस्य किरण गुरुङले नेपालमा राजतन्त्र फर्किने सम्भावना नरहेको बताएका छन् । गुरुङले प्रतिगामी तत्वहरुले टाउको उठाउन खोजेको भन्दै त्यस्ता विरुद्ध सबै एकजुट हुनुपर्ने बताए ।
‘प्रतिगामीले टाउको उठाउने प्रयास गरेका छन् । त्यस्तालाई टाउको उठाउन दिनुहुँदैन । हामी सबै गणतन्त्रवादी एकजुट भएर प्रतिगामीको विरुद्ध लडौ’, नेता गुरुङले भने, ‘आफ्नो वंश बचाउन नसक्नेले देशको संरक्षण गर्न नसक्ने भन्दै लुटपाट र हिंसाका घटना घटाउँछु भन्ने सपना नदेखे हुन्छ ।’
बैंक ठगीमा लागेकाहरुको नेतृत्वमा राजतन्त्र फर्काउँछु भन्नु बालुवामा पानी हाले जस्तो भएको गुरुङको टिप्पणी थियो । राजाको शासन भएको बेला राजाले अवसर सदुपयोग गर्न नसकेको आरोप लगाउँदै गुरुङले वर्तमान व्यवस्था मानेर राजनीति गर्न आग्रह गरे ।
उनले भने, ‘राजालाई शासन गर्न मन लागेको भए राजनीतिक दल खोलेर चुनावमा आए हुन्छ । सभा सम्मेलन गर्न खुल्ला छ । लोकतान्त्रिक गणतन्त्र व्यवस्था मानेर आए राष्ट्रपति प्रधानमन्त्री बन्न पाइन्छ ।’
नेकपा (एमाले) का पोलिटव्युरो सदस्य टुकराज सिग्देलले ठूलो त्याग र समर्पणबाट गणतन्त्र आएकाले गणतन्त्र मास्छु भनेर सपना नदेख्न विरोधीलाई चेतावनी दिए । राजतन्त्रको समयमा भन्दा गणतन्त्र आएपछि नेपालमा धेरै विकास भएको उनको भनाइ थियो ।
एमाले केन्द्रीय सदस्य सविता रसाईलीले समावेशी लोकतान्त्रिक गणतन्त्रलाई अझ उन्नत बनाएर लैजानुपर्ने बताइन्। उनले राजतन्त्र कालमा दलित, महिला र जनजातीले उपभोग गर्न नपाएको बताइन् ।
एमाले जिल्ला कमिटी तनहुँका अध्यक्ष हरिराज कडेलको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको जिल्ला सचिव प्रदिपराज अधिकारीले र जिल्ला कमिटीका उपाध्यक्ष राजेश्वर ढकालले सहजिकरण गरेका थिए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker