भानुभक्त साहित्य उद्यनलाई ५ करोड बजेट विनियोजन, जग्गा अधिकरणको काम अगाडि बढाइने

भञ्ज्याङन्यूज

भानुभक्त साहित्य उद्यन निर्माणका लागि ५ करोड बजेट विनियोजन भएको छ । तनहुँको भानु नगरपालिका-४ को चुँदीरम्घामा जन्मनु भएका आदिकवि भानुभक्त आचार्यको जन्मस्थललाई साहित्यिक हिसाबले बिकास गरी साहित्य पर्यटनमा जोड दिने उद्देश्यले साहित्य उद्यन निर्माणका लागि बजेट विनियोजन भएको नगरप्रमुख आनन्दराज त्रिपाठीले बताए ।

भानु जन्मस्थललाई साहित्य उद्यानका रुपमा विकास गर्न राष्ट्रपति रामचन्द्र पौडेलले चासो देखाउँदै आएका थिए । अर्थ मन्त्रालयले ससर्त पुँजीगत अनुदान शीर्षकमा ५ करोड नगरपालिकामा प्राप्त भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले जानकारी दिए ।

उक्त बजेटबाट आवश्यक जग्गा अधिकरण, गुरुयोजना निर्माण र साहित्यिक स्रष्टाहरुको शालिक निर्माण लगायतमा खर्च गरिने भएको छ ।

नगर प्रमुख त्रिपाठीका अनुसार सबैभन्दा पहिले जग्गा अधिकरणको काम गरिने छ । छिटो भन्दा छिटो गुरुयोजना निर्माण गरिने र सोही अनुसार काम अगाडि बर्ढाईने र कार्यपालिकाको बैठकमा यस विषयमा व्यापक छलफल गरी यसै आर्थिक मसान्तभित्र काम सम्पन्न गरिने नगरप्रमुख त्रिपाठीले बताए ।

आदिकवि भानुभक्त आचार्यको जन्मस्थलमा आन्तरिक तथा बाहृय पर्यटक भित्र्याउने लक्षका साथ नगरपालिकाले कार्यक्रमहरु अगाडि बढाउँदै आएको छ । उद्यनका लागि ८६ रोपनी जग्गा अधिकरण गर्ने काम केही वर्ष अघि नै सकिएको र हाल करिब ३६४ रोपनी जग्गाको अधिकरणको प्रक्रिया शुरु भैसकेकेको भानु जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक शंकर रानाभाटले जानकारी गराए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker