पोखरामा यती एयरको विमान दुर्घटना : आन्तरिकतर्फ अहिलेसम्मकै धेरै मानवीय क्षति (सूचीसहित)

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान १०ः३५ बजे उडेको यतीको नाइनएन-एएनसी जहाज आइतबार पोखरामा दुर्घटनामा पर्‍यो । पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा रहेको जहाज दुर्घटना भएको हो । विमानमा ४ सदस्यीय चालक दलसहित ७२ जना सवार थिए ।

यो नेपालमा दर्ता भएका आन्तरिक विमानतर्फ भएको सबैभन्दा धेरै मानवीय क्षतिको भएको जहाज दुर्घटना हो ।

यसअघि गएको जेठ १५ गते बेपत्ता भएको तारा एयरको जहाज जेठ १६ गते मुस्ताङको थासाङ गाउँपालिका- २ मा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । उक्त दुर्घटनामा तीन सदस्यीय चालक दलसहित २२ जनाको निधन भएको थियो ।

नाइन एन-एईटी कलसाइनको जहाजमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु सवार थिए । जहाजलाई क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए । को-पाइलट उत्सव पोख्रेल र जहाज परिचारिका किस्मी थापा थिइन् ।

२०१८ मा अल्टिच्युड एयरको हेलिकप्टर नुवाकोटमा दुर्घटना भएको थियो । सो दुर्घटनामा ६ जनाको ज्यान गएको थियो ।
सन् २०१८ मा हुम्लाको सिमीकोटमा मकालु एयरको विमान दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको थियो ।

सन् २०१९ मा ताप्लेजुङको फुङलिङ सिस्नेभीरमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना हुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातजनाको ज्यान गएको थियो ।

सन २०१९ मै सोलुखुम्बुको लुक्ला विमानस्थलमा समिट एअरको एउटा विमान, धावनमार्गको छेउमा रहेका दुईवटा हेलिकप्टर एकापसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको थियो ।

७६ वर्षमा ५६ विमान दुर्घटना, ९ सयभन्दा बढीको मृत्यु

नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांकअनुसार नेपालमा ७६ वर्षमा ५६ वटा विमान दुर्घटना भएका छन् । दुर्घटनामा परी अहिलेसम्म ९ सयभन्दा बढीले ज्यान गुमाएका छन् ।

नेपालमा पहिलोपटक सन् १९४६ मे ७ मा हवाइ विमान दुर्घटना भएको थियो । १४ जना सैनिकसहित दुई जना चालक दलका सदस्य रहेको रोयल फोर्सको जहाज पहिलोपटक नेपाली आकशमा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा मानवीय क्षति भने भएको थिएन ।

  • सन् १९५५ मा कालिंगा एयरको विमान सिमरा विमानथलमा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा दुईजनाको मृत्यु भएको थियो ।
  • १९५६ मा इण्डियन एयरलाइन्सको विमान काठमाडौंमा दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो ।
  • सन् १९५७ मा इन्डियन एयरलाइन्सको विमान पाट्नेभञ्ज्याङ, टीकाभैरवमा दुर्घटना हुँदा २० जनाको मृत्यु भएको थियो ।
  • सन् १९६० मा नेपाल वायुसेवा निगमको विमान भैरहवामा दुघर्टना भयो । उक्त दुर्घटनामा चारजनाको मृत्यु भएको थियो ।
  • सन् १९६२ मा नेपाल वायुसेवा निगमको विमान ढोरपाटनमा दुर्घटना हुँदा १० जनाको मृत्यु भयो ।
  • सन् १९६२ मा पनि नेपाल वायुसेवा निगमको विमान ढोरपाटनमै दुर्घटना भयो । यस दुर्घटनामा ६ जनाको मृत्यु भएको थियो ।
  • सन् १९६९ मा नेपाल एयरलाइन्सको विमान बतासेडाँडामा दुर्घटना भएको थियो । यहाँ ३५ जनाको ज्यान गएको थियो ।
  • सन् १९७० मा नेपाल एयरलाइसको विमान दिल्लीमा दुघर्टना हुँदा एकजनाको मृत्यु भएको थियो ।
  • सन् १९७० मा रोयल लाइट जोमसोममा दुघर्टना हुँदा एकजनाको मृत्यु भएको थियो ।
  • सन् १९७२ मा रोयल लाइट विमान धुलिखेलमा दुर्घटना हुँदा ३१ जनाको मृत्यु भयो ।
  • सन् १९७५ मा नेपाल एयरलाइसको विमान काठमाडौंमा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा पाँचजनाको मृत्यु भएको थियो ।
  • सन् १९७६ मा नेपाल एयरलाइसको विमान मेघौलीमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो ।
  • सन् १९७९ मा भिभिआइपी लाङटाङमा दुर्घटना दुर्घटना भयो । यस दुर्घटनामा ६ जनाको मृत्यु भयो ।
  • सन् १९८१ मा नेपाल एयरलाइसको विमान विराटनगरमा दुघर्टना भएको थियो । यहाँ १० जनाको मृत्यु भएको थियो ।
  • सन् १९८४ मा पनि नेपाल एयरलाइसको विमान भोजपुरमा दुर्घटना हुँदा १५ जनाको ज्यान गएको थियो ।
  • सन् १९८५ मा नेपाल आम सवार विमान दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको थियो ।
  • सन् १९९२ मा थाई एयरको विमान रसुवाको याङफेदमा दुघर्टना हुँदा ११३ जनाको ज्यान गएको थियो ।
  • सन् १९९२ मा ललितपुरको भट्टेडाँडामा पाकिस्तान एयरलाइन्सको विमान दुर्घटना भएको थियो । उक्त दुघर्टनामा १६७ जनाको मृत्यु भएको थियो ।
  • सन् १९९२ मा एभरेष्ट एयरको विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो ।
  • सन् १९९५ मा नेपाल एयरलाइसको विमान काठमाडौंमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको थियो ।
  • सन् १९९७ मा कर्णाली एयरको विमान सोलुमा दुर्घटना भयो । यस दुर्घटनामा एकजनाको ज्यान गएको थियो ।
  • सन् १९९८ मा एटएससी लिबनी विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो ।
  • सन् १९९८ मा एसियन एयरको विमान सोलुुखुम्बुमा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको थियो ।
  • सन् १९९८ मै नेपाल एयरलाइन्सको विमान सोलुखुम्बुमा दुर्घटना हुँदा एकजनाको ज्यान गएको थियो ।
  • सन् १९९९ मा नेकोन एयरको विमान जुम्लामा दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको थियो ।
  • सन् १९९९ मा स्काईलाइनको विमान मकवानपुरमा दुर्घटना भयो । उक्त दुर्घटनामा १० जनाको मृत्यु भएको थियो ।
  • सन् २००० मा नेपाल एयरलाइन्सको विमान डडेल्धुरामा दुर्घटना हुँदा २५ जनाको ज्यान गएको थियो ।
  • सन् २००१ मा फिस्टेल एयरको विमान रारा तालमा खसेर दुर्घटना हुँदा चारजनाको मृत्यु भएको थियो ।
  • सन् २००२ मा स्काईलाइनको विमान सुर्खेतमा दुर्घटना हुँदा चारजनाको मृत्यु भयो ।
  • सन् २००२ मा सांग्रिला एयरको विमान कास्कीमा दुर्घटना भएको थियो । यो दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो ।
  • सन् २००४ मा यती एयरलाइन्सको विमान लमजुङमा दुर्घटना हुँदा तीनजनाको मृत्यु भयो ।
  • सन् २००५ मा एयर डाइनास्टिकको विमान रामेछापमा दुर्घटनामा प¥यो । सो दुर्घटनामा तीजनाको मृत्यु भएको थियो ।
  • सन् २००६ मा यती एयरलाइसको विमान जुम्लामा दुर्घटना हुँदा नौजनाको मृत्यु भएको थियो ।
  • सन् २००६ मा यती एयरलाइसकै विमान सोलुखुम्बुको लुक्लामा दुर्घटना भयो । यो दुर्घटनामा १९ जनाको मृत्यु भयो ।
  • सन् २०१० मा अग्नि एयरको विमान मकवानपुरमा दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो ।
  • सन् २०११ मा तारा एयरको विमान ओखलढुंगामा दुर्घटना भयो । उक्त दुर्घटना २२ जनाको मृत्यु भएको थियो ।
  • सन् २०११ मा बुद्ध एयरको विमान ललितपुरमा दुर्घटना हुँदा १९ जनाको ज्यान गएको थियो ।
  • सन् २०१२ मा अग्नि एयरको विमान मुस्ताङको जोमसोममा दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको थियो ।
  • सन् २०१२ मा सीता एअरको विमान भक्तपुरमा दुर्घटना भयो । यो दुर्घटनामा १९ जनाको मृत्यु भएको थियो ।\
  • सन् २०१५ मा त्रिभुवन विमानस्थलभित्रै टर्किस एयरलाइन्सको विमान दुर्घटना भयो । तर, मानवीय क्षति भने भएन ।
  • सन् २०१८ मा पनि त्रिभुवन विमानस्थलमै यूएस बंगला एयरलाइन्सको दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको थियो ।
  • सन् २०१८ मा अल्टिच्युड एयरको हेलिकप्टर नुवाकोटमा दुर्घटना भयो । सो दुर्घटनामा ६ जनाको मृत्यु भएको थियो ।
  • सन् २०१८ मै हुम्लाको सिमीकोटमा मकालु एयरको विमान दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको थियो ।
  • सन् २०१९ मा ताप्लेजुङको फुङलिङ सिस्नेभीरमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना भएको थियो । दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातजनाको मृत्यु भएको थियो ।
  • सन् २०१९ मा सोलुखुम्बुको लुक्ला विमानस्थलमा समिट एअरको एउटा विमान र धावनमार्गको छेउमा रहेका दुईवटा हेलिकप्टर आपसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको थियो ।
  • सन् २०२२ मा मुस्ताङको थासाङ गाउँपालिका- २ मा तारा एयरको जहाज दुर्घटना भएको थियो । उक्त दुर्घटनामा तीन सदस्यीय चालक दलसहित २२ जनाको मृत्यु भएको थियो । नेपाल प्रेसबाट सभार
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker