वेलचौतारामा शुक्लागण्डकी भेटेरिनरी अस्पताल निर्माण

भञ्ज्याङ समाचारदाता/दुलेगौंडा

तनहुँको शुक्लागण्डकी नगरपालिका भेटेरिनरी अस्पताल निर्माण गरिएको छ । नगरपालिकाको वडा नं. ५ वेलचौतरामा नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाको सहयोगमा उक्त अस्पताल निर्माण गरिएको हो ।

आयोजनाले मूल्य अभिवृद्धि कर बाहेक एक करोड २५ लाख १५ हजार लागतमा अस्पतालको एक तले भवन निर्माण गरेको छ । देशभर २८ वटा पालिकामा भवन निर्माण गरिएको आयोजनाका निर्देशक डा रामनन्दन तिवारीले बताए । आयोजनाले पशु स्वास्थ्य, नश्ल सुधार, खोप आपूर्ति लगायतका क्षेत्रमा कार्य गर्दै आएको छ ।

अस्पताल भवनबाट आधारभूत प्रयोगशाला सेवा, पशुचिकित्सक सेवा, सर्जरी तथा बन्ध्याकरण लगायतका सेवा प्रदान गरिने पशुसेवा शाखा शुक्लागण्डकीका प्रमुख मुक्तिराम पौडेलले जानकारी गराए। आयोजनाले तनहुँको बन्दिपुर र शुक्लागण्डकीमा पनि अस्पताल भवन निर्माण गरिएको छ ।

यस्तै, उक्त अस्पताल भवनको शुक्रबार उद्घाटन गर्दै कृषि तथा पशुपंक्षी विकासमन्त्री डा बेदुराम भुसालले सरकारले कृषि तथा पशुको स्वास्थ्यको विषयलाई प्राथमिकता दिएको बताएका छन् ।

‘पशुको स्वास्थ्यको विषयलाई अहिलेको सरकारले महत्व दिएको छ’, उनले भने, ‘पशुको मासु र पशुजन्य उत्पादन मानिसले प्रयोग हुने भएकाले पशु स्वस्थमा विशेष ध्यान दिनुपर्छ ।’ ‘हामी जति मानवको स्वास्थ्यको बारेमा सचेत छौँ, त्यसको एक प्रतिशत पनि पशुको स्वास्थ्यको बारेमा प्राथमिकता दिएको पाउदैनौँ ।

अहिलेको सरकार पशु स्वास्थ्यको क्षेत्रमा पनि काम गर्नुपर्छ भनेर लागि रहेको छ’ मन्त्री भुसालले भने, ‘नेपालमा कृषि र पशुपालननै कृषिको मुख्य आम्दानीको स्रोत भएको हुँदा सरकारले यसैलाई प्राथमिकता दिएको छ ।’

गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीले सीमित स्रोत र साधनबाट प्रदेश सरकारले काम गरिरहेको बताउँदै किसानका समस्या पहिचान गरी समाधान गर्दै जाने प्रतिबद्धता जनाए । कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख कृष्णराज पण्डितले तीनै तहका सरकारले वास्तविक किसानलाई प्रोत्साहन गर्न नसके पलायन हुन सक्ने बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker