तनहुँसुरस्थित अंमर सिंहमा भूपु विद्यार्थी मञ्च तदर्थ समिति गठन
भञ्ज्याङन्यूज

तनहुँको व्यास नगरपालिका-११ तनहुँसुर धरमपानिमा रहेको अंमर सिंह माध्यमिक विद्यालयमा भूपु विद्यार्थीहरुको भेलाले संजय श्रेष्ठको संयोजकत्वमा भूपु विद्यार्थी मञ्च तदर्थ समिति गठन गरेको छ । समितिमा अन्य सदस्यहरु पछि थप गर्ने गरी सचिवमा पूर्व विद्यार्थी सुरेन्द्र अधिकारीलाई चयन गरिएको छ ।
तदर्थ समितिको सदस्यहरुमा कृष्ण बहादुर दुरा, मदन आले, गोकुल दुरा, हरीचन्द्र घिमिरे, राजेन्द्र थापा, यम कुमारी दुरा, डा. कर्णवीर पौड्याल, दान बहादुर भण्डारीलाई चयन गरिएको छ ।
कार्यक्रमका संविधान सभा सदस्य एवं विद्यालयका पूर्व प्रअ रामचन्द्र पोख्रेलले २००९ सालमा स्थापना भएको यस अंमर सिंह माविले हालसम्म धेरै दक्ष जनशक्ती उत्पादन गरेको र देशको योद्धा वीर सहिदको गाउँ प्रजातान्त्रिक ऐतिहासिक धरोहर रहेको चर्चा गरे ।
कार्यक्रममा पूर्व प्रधानाध्यापक समुन्द्र गोदार, पूर्व विद्यार्थी डोवाटे विक, पूर्व प्राध्यापक डा. रणवीर पौड्याल, श्याम कुमार श्रेष्ठ, मदन आले, कृष्ण बहादुर दुरा, शिक्षक तिलक खड्का लगायतले विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि पूर्व विद्यार्थीहरुको भूमिका महत्वपूर्ण हुने चर्चा गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगा बहादुर घर्तीको अध्यक्षतामा आयोजित कार्यक्रममा सहभागिहरुलाई स्वागत विद्यालयका प्रधानाध्यापक जुनु भुजेल विकले गरेका थिए भने शिक्षक विष्णु मास्कीले सहजिकरण गरेका थिए ।










