व्यास नगरपालिका वडा नं. ३ को कार्यालय निमचोकमा

भञ्ज्याङन्यूज

तनहुँको व्यास नगरपालिका वडा नं ३ कार्यालय निमचोकमा सरेको छ । नगरपालिकको पुरानो भवनमा रहदै आएको वडा कार्यालय निमचोक स्थित मैनादेवि अधिकारीको घरमा सरेको हो । नगरपालिकाले पुरानो भवन भत्काएर नयाँ बहूउद्देश्यीय भवन निर्माण गर्ने भएपछि निमचोकमा रहेको अधिकारीको घरमा लिएर सरेको हो ।

मासिक २५ हजार भाडामा लिएर उक्त घरको पहिलो तल्लामा वडा कार्यालय सरेको वडा अध्यक्ष अनुप रानाले जानकारी दिए । वडा कार्यालय भवन निर्माणको लागि व्यास-३ स्थित देउरालीनगरमा जग्गा पाएको र तत्कालको लागि भाडामा लिएर कार्यालय सारिएको उनले बताए।

उनले भने, “बिसघरे जाने बाटोमा हामीले जग्गा पाएका छौं, निर्माण सम्पन्न नभएसम्मको लागि भाडामा लिएर वडा कार्यालय संचालन गरेका छौं ।” वडा कार्यालयले २०७४ साल देखिनै भवनको समस्या झेल्दै आएको छ ।

२०७४ सालमा भेटनरी अस्पताल तथा पशु सेवा केन्द्रमा रहेको भवनबाट सेवा प्रदान गदै आएको उक्त कार्यालय पछि नगरपालिकाको पुरानो भवनमा सरेको थियो । अहिले उक्त भवन भत्काउने भएपछि निमचोकमा सरेको हो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker