नौ वटा आमा समुहलाई कुर्ची वितरण

  • भञ्ज्याङ समाचारदाता (डुम्रे)

तनहुँको बन्दिपुर गाउँपालिकाका ९ वटा आमा समुहलाई कुर्ची वितरण गरिएको छ । रेडियो बन्दिपुरका अध्यक्ष सन्तकुमार श्रेष्ठले स्वर्गीय पिता पुननारायण श्रेष्ठ र माता उजेलीमायाको स्मृतिमा आमा समुहलाई प्लाष्टिकका कुर्ची वितरण गरेका हुन् । श्रेष्ठले बन्दिपुर-१ को छपेली आमा समूह, वडा नं. ४ को शिवालय आमा समूह, वडा नं. ५ को याम्पाफाँट स्थित सयपत्री आमा समूह, प्रगति आमा समूह, सिर्जनशिल आमा समूह, दलित आमा समूह, भुजेलगाउँमा रहेको टोल विकास संस्था, थुम्कामा रहेको समाज कल्याण आमा समूह र कोरिखामा रहेको देउराली आमा समुहलाई प्रति समूह २० थानका दरले करिब १ लाख मूल्य बराबरको कुर्ची उपलब्ध गराएका हुन्।

उक्त कुर्ची हस्तान्तरण गर्दै गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले सामाजिक व्यक्तित्व श्रेष्ठले बन्दिपुरमा सामाजिक सेवामा अग्रणी भूमिका निर्वाह गर्नु भएको भन्दै प्रशंसा गरेका थिए । वडा नं. १, ४ र ५ मा भएको छुट्टाछुट्टै कार्यक्रममा वडा नं. ५ का अध्यक्ष ध्रुब प्रसाद लामिछाने, डुम्रे बजार टोल बिकास संस्थाका अध्यक्ष भगवान श्रेष्ठ, डुम्रे-बिरुवाटार टोल बिकास संस्थाका अध्यक्ष राजु खड्गी, श्रेष्ठकी छोरी प्रशिया, ज्वाइँ विकास श्रेष्ठ लगायतले आ-आफ्ना विचार व्यक्त गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker