स्थानीय ब्यवसायीलाई प्राथमिकता दिन फर्निचर व्यवसायीको माग

भञ्ज्याङ न्यूज

तनहुँका फर्निचर ब्यवसायीहरुले स्थानीय तहलाई विभिन्न माग सहितका ध्यानाकर्षण पत्र बुझाएका छन् । स्थानीय तहले फर्निचरका सामान खरिद गर्दा नियम विपरित गरी ब्यक्तिगत लाभ लिने गरेको भन्दै व्यवसायीहरुले ध्यानाकर्षण गराएका हुन् । सोमबार शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङ्गलाई ध्यानाकर्षण पत्र बुझाउँदै भारतीय मजदुर र राजस्व चुहावटको समस्याप्रति चासो दिन आग्रह गरेका थिए ।

फर्निचर तथा फर्निसिङ ब्यवसायी संघ तनहुँका अध्यक्ष अमरबहादुर भण्डारीले खुल्ला सिमानाका कारण भित्रिएका भारतीय मजदुरले ब्यवसायीलाई समस्यामा पारेको बताए । भण्डारीका अनुसार उनीहरुले घर र संघसंस्थामा पुगेर फर्निचरका काम गर्दा कर तिरेर ब्यवसाय गर्नेहरु समस्यामा परेको बताए । उनले विना दर्ता बजार क्षेत्रमा फर्निचर ब्यवसाय गर्नेहरुलाई दर्ता प्रक्रियामा ल्याएर करको दायरामा ल्याउन आग्रह गरे ।

ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख गुरुङ्गले ब्यवसायीको मागप्रति गम्भिर रहेको बताए । गुरुङले नियम विपरित काम भएको खण्डमा सुधार गरेर अघि बढ्ने बताए । गुरुङले फर्निचर ब्यवसाय वन कार्यालयसँग सम्वन्धित हुने भएता पनि बन कार्यालय र स्थानीय सरकारको समन्वय नहुँदा समस्या सिर्जना भएको बताए । उद्योग व्यवसायीलाई स्थानीय सरकारले आवश्यक सहयोग गर्न प्रतिवद्ध रहेको उनले बताए ।

फर्निचर व्यवसायीहरुलाई सम्वोधन गर्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलावल्लभ न्यौपानेले स्थानीय सरकार र ब्यवसायी विचको समन्वयलाई बृद्धि गर्नुपर्नेमा जोड दिए । उनले स्थानीय ब्यवसायको विकास गर्न स्थानीय तह प्रतिवद्ध हुनुपर्ने बताए । संघले शुक्लागण्डकी सहित व्यास नगरपालिका, बन्दिपुर गाउँपालिका र भिमाद नगरपालिकालाई विज्ञप्ती सहित ध्यानाकर्षा गराएको महासचिव सन्तोष विकले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker