ज्येष्ठ नागरिकलाई सम्मान
भञ्ज्याङन्यूज

३३औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा व्यास नगरपालिका-५ स्थित भजन संकृतन समुहद्वारा सञ्चालित दिवाकालिन ज्येष्ठ नागरिक आश्रम चापाघाटले ले ३८ जना ज्येष्ठ नागरिकहरूलाई सम्मान गरेको छ । आश्रममा आयोजित कार्यक्रममा व्यास-५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठ ‘हिमाल’ ले ज्येष्ठ नागरिकहरूलाई रामनामी (दोसल्ला) ओढाएर साथै फलफूल वितरण गरेर सम्मान गरेका हुन् ।
अध्यक्ष श्रेष्ठले वृद्धवृद्धा समाज परिवर्तनका महत्वपूर्ण अंग भएको बताउँदै समाज रुपान्तरण र निर्माणमा वृद्धवृद्धा आमावुवाको महत्वपूर्ण भुमिका रहेको बताए । ज्येष्ठ नागरिकको अनुभवलाई नयाँ पुस्ताले ग्रहण गर्नुपर्ने अध्यक्ष श्रेष्ठको भनाइ थियो । समाजमा वृद्धवृद्धार् इतिहास भएको हुँदा उनीहरुको सम्मान र श्रद्धाले मात्र समाज पूर्ण हुने श्रेष्ठले बताए । वृद्धवृद्धाको हक अधिकार स्थापित गर्न वडा कार्यलय सधै प्रतिवद्ध रहेको उनको भनाइ थियो ।
भजन संकृतन समुहका अध्यक्ष विष्णु गौतमको अध्यक्षतामा भएको कार्यक्रममा चापाघाट टोल विकास संस्थाका अध्यक्ष नरवहादुर थापा, सल्लाहकार समिति सदस्य हिरा थापा, आदिकवि भानुभक्त क्याम्पसका अध्यक्ष वुद्धीमान श्रेष्ठ, पुर्व अध्यक्ष एवं सल्लाहाकार सदस्य मानध्वज थापा लगायतले समाजमा वृद्धवृद्धाको अभिभावकीय महत्वका विषयमा चर्चा गरेका थिए ।










