व्यासभूमिमा लायन्स नेपालको क्याबिनेट बैठक हुने

भञ्ज्याङ समाचारदाता/दमौली

व्यासभूमि दमौलीमा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ एल नेपालको दोस्रो क्याविनेट बैठक हुने भएको छ । आगामी मंसिर ८ र ९ गते दोस्रो क्याविनेट बैठक गर्न लागिएको हो ।

व्यास ऋषिको जन्मभूमि र पराशर ऋषिको तपोभूमिमा हुन लागेको दोस्रो क्याविनेट बैठकमा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक एल नेपालमा आबद्ध करिब एक हजार दुइ सय सदस्यको सहभागिता रहने लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ एल नेपालका चिफ पिआरओ सुरेन्द्र पौडेलले जानकारी दिए ।

दोस्रो क्याबिनेट बैठकका संयोजक समेत रहेका पौडेलका अनुसार लायन्सवादको ५२ वर्षको नेपालको इतिहासमा दोस्रो पटक दमौलीमा क्याविनेट बैठक हुन लागेको हो । लायन्सको नीति अनुसार कुनै पनि कार्यकाल एक वर्षको हुने र उक्त कार्यकालमा चार वटा क्याविनेट बैठक गरिने हुँदा वर्ष २०२३/२४ को दोस्रो क्याविनेट बैठक दमौलीमा गर्न लागिएको हो ।

यस अघि लायन वर्ष २०१८/१९ मा गण्डकी प्रदेशका वर्तमान सांसद अशोक कुमार श्रेष्ठ गभर्नर भएको समयमा पहिलो पटक दोस्रो क्याबिनेट बैठक दमौलीमा गरिएको थियो ।

तनहुँमा रहेका लायन्स क्लव अफ तनहुँ, लायन्स क्लव अफ तनहुँ व्यास सिटी, लायन्स क्लव अफ तनहुँ भानुभक्त, लायन्स क्लव अफ तनहुँ सत्यवती, लायन्स क्लव अफ तनहुँ दमौली र लायन्स क्लव अफ डुम्रेको संयुक्त आयोजनामा हुन लागेका क्याबिनेट बैठकले तनहुँको धार्मिक एवं पर्यटकीय स्थलको प्रचार प्रसारमा समेत टेवा पुग्ने दोस्रो क्याविनेट बैठकका सहसंयोजक एवं लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ एल नेपालका डिपार्टमेन्ट चिफ चुडामणि दाहलले जानकारी दिए ।

जहाँ आवश्यकता त्यहाँ लायन्स भन्ने नाराका साथ अवसरबाट वञ्चितहरु विपन्न वर्गका समुदायलाई सहयोग गर्ने अन्तराष्ट्रिय संस्थाको रुपमा परिचित अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ एल नेपालको दोस्रो क्याबिनेट बैठक दमौलीमा हुन लाग्दा सम्पूर्ण लायन्सहरु अत्यन्त उत्साहित भएको अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ एल नेपालका सिनियर एड्भाइजर सुशीला शर्माले बताइन् ।

शर्माका अनुसार दोस्रो क्याबिनेट बैठकको तयारी तीव्र पारिएको छ । जसका लागि विभिन्न उपसमितिहरु गठन गरी जिम्मेवारी बाँडफाँड गरिएको शर्माले बताइन् । लायन्स क्लवहरुले विभिन्न समय र विपद्को अवस्थामा समेत अग्रपङ्िक्तमा रहेर सेवाका कार्यहरु गर्दै आइरहेको छ ।

लायन्सले आदिकवि भानुभक्त क्याम्पसको शैक्षिक भवन र विज्ञान प्रयोगशाला तथा विसं २०७२ सालको भूकम्पले क्षति पुगेको व्यास नगरपालिका-१२ स्थित अमरज्योति माध्यमिक विद्यालयको भवन निर्माण लगायत सामाजिक कार्यमा सहयोग गर्दै आएको छ ।

यस वर्ष पनि लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ एल नेपालले तनहुँमा दुइवटा मुख्य परियोजना अघि सारेको बताएको छ । क्लवले तनहुँको शुक्लागण्डकी नगरपालिका स्थित जिपी श्वासप्रश्वास स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डायलायसिस सेन्टर सञ्चालनका लागि अमेरिकी डलर रु एक लाखे र आँबुखैरेनी गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना गर्नका लागि प्रस्ताव गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker