तनहुँको जिपी कोइराला अस्पतालमा “इन्डोस्कोपी” सेवा सुरु

दुलेगौंडा : तनहुँको शुक्लागण्डकी नगरपालिका–५, बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा सोमबारदेखि इन्डोस्कोपी सेवा औपचारिक रूपमा सुरु गरिएको छ ।
स्वास्थ्य सेवा विभागबाट प्राप्त इन्डोस्कोपी मेसिन जडान गरी पहिलो परीक्षण सफल भएपछि सेवा नियमित सञ्चालनमा ल्याइएको केन्द्रका प्रमुख रामकुमार श्रेष्ठले जानकारी दिए । मणिपाल अस्पतालका ग्यास्ट्रोलोजिस्ट डा. शंकर बराल र जिपी कोइरालाका जनरल सर्जन डा. सबिनकुमार घिमिरेको टोलीले पहिलो परीक्षण सम्पन्न गरेको हो ।
“अब यस अस्पतालमै नियमित इन्डोस्कोपी सेवा उपलब्ध हुनेछ, बिरामीलाई अन्यत्र भौतारिनुपर्ने छैन”, प्रमुख श्रेष्ठले भने । उनका अनुसार रोकिएको गाइनोलोजी, इएनटी (नाक–कान–घाँटी) र बालरोग विशेषज्ञ सेवा पनि पुनः सुरु गरिएको छ ।
स्वास्थ्य सुविधा विस्तारमा केन्द्र क्रमशः अग्रसर रहेको उल्लेख गर्दै श्रेष्ठले अस्पताललाई आधुनिक सेवा–सुविधासहित क्रमिक सुधार गर्दै अघि बढाइरहेको बताए । उनले भने, “श्वासप्रश्वास सम्बन्धी चिकित्सक अभावका कारण केही समय सेवा अवरुद्ध भए पनि अब निरन्तरता दिइनेछ ।”
भारत सरकारको सहयोगमा ३०० शय्याको श्वासप्रश्वास अस्पताल सञ्चालन गर्ने तयारीसमेत भइसकेको उनले जानकारी दिए । हाल जनरल अस्पतालको रूपमा सञ्चालन भइरहेको केन्द्रले आवश्यक प्रक्रिया र कागजात भारत सरकारलाई पठाइसकेको छ ।
हालै तनहुँमा आयोजित कार्यक्रममा सहभागी भएका स्वास्थ्य मन्त्री प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा सो विषयमा सम्झौता हुने सम्भावना रहेको बताए । अहिले अस्पतालले ३०० शय्या क्षमतासहित सेवा प्रदान गर्दै आएको छ । नयाँ सुविधा थपिएसँगै तनहुँ मात्र नभई गण्डकी प्रदेशभरिका बिरामी लाभान्वित हुने अपेक्षा गरिएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker