मालपोत कार्यालय तनहुँद्वारा पहिलाे सेवाग्राहीलाई सम्मान

मालपोत कार्यालय तनहुँले शुक्रबार पहिलाे सेवाग्राहीलाई सम्मान गरेकाे छ । जग्गा प्रशासन तथा पारित/रजिष्ट्रेशनको शतवार्षिकीको अवसरमा कार्यालयले सेवाग्राहीलाई सम्मान गरेकाे हाे ।

लिखत गरि दिने विक्रीकर्ता घिरिङ गजरकाेटका तिलबहादुर श्रेष्ठ र लिखत गराई लिने खरिदकर्ता बाबुराम श्रेष्ठलाई मालपोत कार्यालय तनहुँका मालपोत अधिकृत खेम बहादुर खत्रीले खादा ओढाइ सम्मान गरेका हुन् ।

विसं १९७९ साल वैशाख १ गतेदेखि पोता रजिष्ट्रेशनको रुपमा पहिलो लिखत पारित भई १ सय वर्षको गौरवपूर्ण इतिहास पार गरेको अवसरमा मालपाेत कार्यालयले तीन दिन विविध कार्यक्रम गरेकाे थियाे ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker