मिलेनियम ट्रेक : पदयात्रा पर्यटनलाई उत्पादनसंग जोड्नुपर्ने

सहश्राब्दी पदमार्ग (मिलेनियम ट्रेक)सँग जोडिएका स्थानका र्सवसाधारणलाई उत्पादनमार्फ पर्यटनसँग जोडिनुपर्ने आवश्यकता औँल्याइएको छ । मिलेनियम ट्रेक व्यवस्थापन समितिको आयोजनमा पदमार्ग क्षेत्रका बासिन्दा, जनप्रतिनिधि एवं घरबास सञ्चालकबीच मंगलबार पोखरामा गरिएको अन्तर्क्रियामा सहभागी वक्ताले पदयात्रा पर्यटन प्रवर्द्धनसँगै उत्पादनसँग जोड्न सके अधिकतम लाभ लिन सकिने बताए ।

तनहुँको दुलेगौडादेखि स्याङ्जाको रामबाछा जोडिने पदमार्गलाई पुनःनक्साङ्कन गरी पोखरा महानगरसहितका क्षेत्र समेटिएसँगै सम्बद्ध क्षेत्रका जनप्रतिनिधि, घरबास सञ्चालक सहित अन्तक्रिर्या गरिएको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले बताउनुभयो ।

पछिल्लो समयमा नेपालको एकमात्र मध्यपहाडी क्षेत्रको सहश्राब्दी पदमार्गमा स्वदेशी एवं विदेशी पर्यटकको आकर्षा बढिरहेको बताउँदै उहाँले पदमार्ग क्षेत्रका बासिन्दाले यसबाट अधिकतम लाभ लिन कृषिजन्य उत्पादनसँग जोडिनुको विकल्प नभएको बताउनुभयो ।

स्याङ्जाको बिरुवा गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरले सहश्राब्दी पदमार्गलाई कृषि र पर्यटनसँग जोड्नुपर्नेमा जोड दिनुभयो । पदयात्रा पर्यटनको विकाससँगै उत्पादित बस्तुको बजार सहज हुने बताउँदै उहाँले यसको अधिकतम उपयोगका लागि उत्पादनसँग जोडिनुको विकल्प नहुने धारणा व्यक्त गर्नुभयो ।

पर्यटन विज्ञ डा श्रीकान्त खतिवडा, पृथ्वीनारायण क्याम्पस भूगोल विभाग प्रमुख नरेश पौडेल तथा सहप्राध्यापक एवं पुनः नक्सांकन उपसमिति संयोजक डा रामजी पोखरेल, मिलेनियम ट्रेक व्यवस्थापन समितिका उपाध्यक्ष थमबहादुर आलेलगायतले पदमार्ग क्षेत्रका बासिन्दाले उत्पादनमार्फ आयआर्जन गरी लाभान्वित हुनसक्नेमा जोड दिनुभयो ।

सन् २००० देखि सञ्चालनमा आएको यस पदमार्ग कोरोना संक्रमणका समयमा सुस्ताए पनि पछिल्ला समयमा स्वदेशी एवं विदेशी पर्यटकको बढ्दो आकर्षणले आफूहरू उत्साहित बनेको मिलेनियम ट्रेक व्यवस्थापन समितिका सदस्य बालकुमार गुरुङले बताउनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker