कांग्रेसको गाउँ/नगर अधिवेशन : व्यास नगर सभापतिमा ९ जना आकांक्षी

वडा तहको अधिवेशन पछि नेपाली कांग्रेस अब स्थानीय तहको अधिवेशनमा जुटेको छ । कांग्रेसले आगामी असोज ९ गते देशभरका स्थानीय तहको अधिवेशनको मिति तोकेको छ । यसअघि भदौ २७ गते पालिकाको अधिवेशन हुने भनिए पनि अन्तिम समयमा आएर मिति परिवर्तन भएको थियो ।

पालिकाको अधिवेशन नजिकिएसँगै स्थानीय राजनीति पनि तात्न थालेको छ । यतिबेला जिल्लाका चिया पसल र चोक चोकमा ब्यास नगर समितिको अधिवेशनको चर्चा चल्न थालेको छ ।वडाको अधिवेशनबाट निर्वाचित क्षेत्रीय प्रतिनिधि र वडा सभापतिले स्थानीय तहको नेतृत्व चयन गर्न पाउने भएकाले उम्मेदवारहरू क्षेत्रीय प्रतिनिधिको जोड घटाउमा लागेका हुन् । हरेक उम्मेदवारले आफ्ना पक्षका प्रतिनिधि गन्न थालेका छन् ।

अधिवेशन नजिकिएसँगै नगर सभापतिका उम्मेदवार पनि बढ्दै हालसम्म नौ जनाले उम्मेदवारी घोषणा गरेका छन् । ब्यास नगर समितिका सचिव मोहनकुमार श्रेष्ठ, अर्का नगर सचिव चुडामणि दाहाल, नगर सहसचिव डम्बर अधिकारी, ट्रेड युनियन कांग्रेसका अध्यक्ष सूर्यचन्द्र हड्खले, नेपाल उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठ, वडा नं १० का वडाध्यक्ष तुलसीराम सापकोटा, इञ्जिनीयर हरिदत्त पौडेल, डा शेषरमण र व्यवसायी बैकुण्ठनाथ मिश्रले उम्मेदवारी घोषणा गर्नुभएको छ ।

सभापतिका उम्मेदवार श्रेष्ठले अब नेपाली कांग्रेसमा युवा पुस्ता नेतृत्वमा आउनुपर्ने भन्दै युवाको प्रतिनिधित्व गर्दै आफूले उम्मेदवारी घोषणा गरेको बताउनुभयो । “दुई कार्यकाल सचिव भइसकेकाले सभापतिमा मेरो उम्मेदवारी स्वभाविक हो,” उहाँले भन्नुभयो ।

अर्का आकाङ्क्षी दाहालले ब्यास नगर समितिलाई हालकोभन्दा अझ व्यवस्थितरुपमा सञ्चालन गर्ने, क्रियाशील सदस्यता वितरण तथा अभिलेखलाई विद्युतीकरण गर्ने, विकास निर्माणका योजना छनोट गरी नगरपालिकामा सिफारिस गर्ने तथा अग्रज नेताको सम्मान र युवा पुस्ताको मूल्याङ्कन गरी पार्टी सञ्चालन गर्ने आफ्नो योजना रहेको बताउनुभयो ।

त्यस्तै अधिकारीले आफू निर्वाचित भए यस नगरपालिकाको १४ वटै वडामा व्यवस्थित ढङ्गले पार्टी कार्यालय सञ्चालन गर्ने, पार्टी सङ्गठन सुदृढीकरणका लागि प्रत्येक वडामा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने, पार्टी सङ्गठन सुदृढीकरणका लागि प्रत्येक वडामा प्रशिक्षण कार्यक्रम गर्ने, आपत्विपद्मा परेका पार्टीका कार्यकर्तालाई सहयोगका लागि कोष स्थापना गर्ने र आगामी निर्वाचनमा तीनवटै स्थानीय तहमा पार्टीका उम्मेदवारलाई अत्याधिक मतले विजयी गराउनका भूमिका निर्वाह गर्ने बताउनुभयो ।

अर्का आकाङ्क्षी हड्खलेले युवाको भावनालाई सम्मान गरी सभापतिमा उम्मेदवारी दिएको बताउनुभयो । प्रविधिसँग जोडिएका युवालाईसँगै लगी राजनीति पनि आकर्षित गर्न आफूले उम्मेदवारी दिएको उहाँको भनाइ थियो । नगरपालिकाको १४ सबै वडामा क्षेत्रीय प्रतिनिधि छनोट भएर आइसकेका र अब ४५० प्रतिनिधिले मतदान गर्ने भएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker