भादगाउँ सहलगानी खानेपानी योजना : भद्रुडाँडामा ५० हजार लिटर क्षमताको टयाङ्की निर्माण सुरु

तनहुँ : तनहुँको व्यास नगरपालिका–१ भादगाउँ खानेपानी तथा उपभोक्ता संस्था र नेपाल सरकारको लगानीमा निर्माणधिन मादीनदी लिफ्ट खानेपानी आयोजनाको निर्माण कार्यले गति लिन थालेको छ । निर्माण कम्पनी पराजुली कन्स्ट्रक्सनले बीचमा केही महिना निर्माण कार्यमा ढिलासुस्ती गरेपछि अहिले पुनः जनशक्ति परिचालन गरी निर्माण कार्यलाई तीब्रता दिइएको छ ।
वि.सं. २०८० भदौभित्र सम्पन्न गर्नेगरी २०७९ भदौमा सम्झौता गरेको यस कम्पनीले एक वर्ष बित्दा पनि आयोजनाको काम पूरा गर्न सकेको छैन । मादी नदीबाट ल्याइएको पानी व्यास–१ स्थित अमिलिभञ्ज्याङमा चार लाख लिटर क्षमताको रिजर्भ टयाङ्कीमा संकलन गरी वितरण गर्ने लक्ष्य राखिएको छ । यस ट्याङ्कीको निर्माण कार्य अन्तिम चरणमा रहेको छ भने सोही वडाको भद्रुडाँडामा ५० हजार लिटर क्षमताको ट्याङ्की निर्माण कार्य सुरु गरिएको छ ।
सरकारको ७० प्रतिशत र भादगाउँ खानेपानी संस्थाको ३० प्रतिशत लगानीमा मादीनदी लिफ्ट खानेपानी आयोजना निर्माणका लागि २६ करोड २५ लाख रुपैयाँ लागतको आयोजनामा २७ प्रतिशत घटिघटाउ बोलपत्रमा गराई १९ करोड लागतमा निर्माण कार्य अघि बढाइएको हो ।
म्याद थपको अवधि फागुन महिनासम्म रहेपनि फागुन महिनामा योजनाको निर्माण कार्य सम्पन्न गर्न नसक्ने देखिएको संस्थाका व्यवस्थापक ईश्वर श्रेष्ठले बताए। उनका अनुसार फागुन महिनाभित्र मादी नदी किनारको लिफ्टबाट मुख्य रिर्जभ ट्याङ्कीसम्म पानी झार्न सकिएपनि ठूलो उपलब्धि हुने छ ।
व्यास नगरपालिका–४ चुरेखोल्सीस्थित मादीनदी किनारबाट करिब पाँच किलोमिटर दूरीबाट पानी ल्याएर वडावासीलाई पानी वितरण गर्न लागेको सो संस्थाले जनाएको छ। सोही वडाको भदु्र डाँडामा ५० हजार लिटर क्षमताको ट्याङ्की निर्माण कार्य सुरु गरिएको छ । मादीनदी किनारको सम्पवेलमा गार्ड हाउस, मुख्य रिजर्भ ट्याङ्कीमा पम्प हाउस र गार्ड हाउस निर्माण कार्य भइरहेको छ, उनले भने, “मुख्य रिर्जभ ट्याङ्कीमा फिल्टर मिडियाको पनि काम भइरहेको छ ।”
योजनाको हालसम्म ७० प्रतिशत भौतिक प्रगति भएको सो संस्थाले जनाएको छ । ट्याङ्की निर्माणका लागि दुई रोपनी जग्गा खरिद र करिब तीन रोपनी सार्वजनिक जग्गा गरी करिब पाँच रोपनी जग्गामा आवश्यक भौतिक संरचना निर्माण भइरहेको संस्थाका सचिव राजेश्वर हड्खलेले बताए ।
उक्त मादीनदी लिफ्टबाट प्रतिसेकेण्ड २६ लिटर पानीको क्षमताको रहने बताइएको छ । वि.सं. २०५६ मा उक्त खानेपानी संस्था स्थापना भई ५२ वटा सार्वजनिक धाराबाट सुरुआत गरेको संस्थाले हालसम्म दुई हजार छ सय असी निजी धारा जडान गरी पानी वितरण गर्दा २१ हजार बढी उपभोक्ता लाभान्वित भएका छन्।
व्यास नगरपालिका–१३ स्थित करादी खिरखादी मुहानबाट करिब १३ किमी लामो दूरीबाट ल्याएको खानेपानीबाट यहाँका बासिन्दालाई आपूर्ति गर्दै आएको छ । संस्थाले हाल प्रतिसेकेण्ड १७ लिटर पानी संकलन गरी व्यास–१ का २५ टोल र व्यास–१२ को एक टोलका उपभोक्तालाई वितरण गर्दै आएको संस्थाका अध्यक्ष चिजबहादुर दरैले जानकारी दिए । यस क्षेत्रमा बस्ति विस्तार हुँदै गएपछि पानीको स्रोतले धान्न नसकेपछि वैकल्पिक खानेपानीको रूपमा मादीनदी लिफ्टिङ खानेपानी आयोजनाको निर्माण अघि बढाएको अध्यक्ष दरैले बताए ।
उक्त आयोजना अन्तर्गत ५२ किमी दूरीमा शाखा पाइप लाइन बिछ्याइने कार्य सकिएको छ । उनले भने, “मुख्य पाइप लाइनका पाइप बिछ्याउने कार्य सकिएको छ, निर्माणकार्यलाई तीव्रता दिइएकाले अब छिट्टै सम्पन्न हुने अपेक्षा गरिएको छ ।”
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker