कांग्रेस तनहुँले सबै तहमा रिक्त पदमा पदपूर्ति गर्ने

भञ्ज्याङ समाचारदाता/दमौली

नेपाली कांग्रेस तनहुँले जिल्लाका सबै तहमा रिक्त रहेको पदमा पदपूर्ति गर्ने निर्णय गरेको छ । पार्टीको मंगलबार सम्पन्न बैठकले वडा तहदेखि माथिल्लो तहसम्म रिक्त रहेका पदमा पदपूर्ति गर्ने निर्णय गरेको हो ।

त्यसका लागि क्षेत्र नम्बर १ मा अधिवक्ता चन्द्रकान्त वाग्ले र क्षेत्र नम्बर २ मा केशवराज काफ्लेलाई निर्वाचन अधिकृत तोकिएको प्रवक्ता हरि वाग्लेले जानकारी दिए । कांग्रेसले सबै रिक्त रहेका पदमा पदपूर्ति गर्ने निर्णय गरेपनि समय अवधि भने तोकेको छैन ।

प्रवक्ता वाग्लेका अनुसार वडा, पालिका, प्रदेश, क्षेत्र, जिल्ला, महाधिवेशन र महासमितिमा पदपूर्तिको निर्णय गरेको हो । यसअघि महाधिवेशन प्रतिनिधिको मनोनयन भएपछि निर्वाचन संयोजकले राजिनामा दिएको भन्दै प्रकृया स्थगित गरिएको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker