टिम नेपो तनहुँद्वारा महिला मजदुरलाई पछ्यौरी
भञ्ज्याङ समाचारदाता/दमौली

सडकमा मजदुरी गर्ने महिलालाई सम्मान गरेर टिम नेपोले अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ । टिम नेपो तनहुँले सडकमा मजदुरी गर्ने महिलालाई सम्मान गरेको छ ।
सडकमा तरकारी विक्री गर्ने लगायत मजदुरी गरेर जीवनयापन गर्ने महिलालाई टिम नेपो तनहुँले पछ्यौरी ओढाएर सम्मान गरेको हो । टिम नेपो तनहुँका अध्यक्ष मिन कुंवरको नेतत्वको टोलीले मंगलबार ५० जना महिलालाई पछ्यौरी ओढाएर सम्मान गरिएको बताइएको छ ।