महिला कैदीबन्दिको गुनासो : “सेनिटरी प्याडसमेत पाइएन”

निशा थापा मगर/दमौली

जिल्ला कारागार तनहुँमा लागुऔषध ओसारपोसार गरेको मुद्दामा ५ वर्षको सजय काटिरहेकी ३५ वर्षीय महिला अहिले विभिन्न स्वास्थ्य जटिलता झेल्दै बसेकी छन् । उनी यौन रोग समस्यसंगै दीर्घरोगबाट पनि पीडित छन् ।

१२ वर्षै भारतमा बेचिएकी उनी १८ वर्ष पुग्दा उद्दार भयो । उनले भनिन्, ‘मलाई एचआइभी रोग लागेपछि उनीहरुले मलाई छाडिदिए । त्यसपछि नेपाल फर्किएर एचआईभी सम्बन्धी जनचेतना फैलाउने संस्थासंगै बस्ने र काम गर्ने गरे ।’

आफु लागुऔषध प्रयोगकर्ता नरहेको बताउने उनले पैसाको लागि मात्र लागुऔषध ओसारपोसार गरेको बताइन् । उनले भनिन्, ‘बुटवलबाट पोखरा लागुऔषध पुर्‍याउन आउँदा म समातिए र अहिले सजय काट्दै छु ।’ यौनरोग लागेसंगै निरन्तर पानी बग्ने समस्यको अपरेसनको लागि पैसा आवश्यक पर्नेहुँदा लागुऔषध ओसारपोसारमा लागेको उनको भनाई छ ।

‘पहिला त बसेको ठाउँमा पानी नै पानी हुन्थ्यो, कुनै कपडा, प्याम्पर्स र प्याडले पनि धान्दैनथ्यो’, उनले भनिन्, ‘एक पटक उपचार गरिसके अहिले प्यार्म्पर्सले धानेको छ । अब अपरेसन गर्नुपर्ने भएकाले अपरेसनको लागि पैसा चाहिएकाले त्यो काम गरेकी थिए ।’

अहिले उनले २४औं घण्टा प्याम्पर्सको प्रयोग गर्ने गरेको बताउँछिन् । ‘दिनरात प्याम्पर्सको प्रयोग गर्न गाह्रो हुन्छ, अझ महिनावारीको समयमा बढि रगतबग्नेसंगै पेट दुखेर असैय पीडा हुन्छ’, उनले भनिन्, ‘पाठेघर पनि झर्ला जस्तो हुन्छ । यहिको आमाले तातोपानी दिनुहुन्छ र डाक्टरले दिएको औषधी खान्छु अनि केही आराम हुन्छ ।’

यस्तै, मानव बेचविखनमा १० वर्षको सजय काटिरहेकी २२ वर्षीय महिला अन्य समयभन्दा महिनावरीको समयमा कारागारमा अलि असहज हुने बताउँछिन् । ‘महिनावरी मध्यरात, दिउँसो जति बेला पनि हुन सक्छ’, उनले भनिन्, ‘रातीको समयमा रगत बग्न लाग्यो र बाँकी प्याड छैन भने सुतिरहेकालाई उठाएर प्याड माग्नुपर्ने हुन्छ ।’

कारागारमा प्याड उपलब्ध नहुने हुँदा कार्यालय सहयोगीको हातमा पैसा दिएर प्याड ल्याउने गरेको उनले बताइन् । उनले भनिन्, ‘कास्की कारागारमा हुँदा विभिन्न संघसंस्थाले प्याड दिने गर्दथे तर तनहुँमा त्यस्तो पाइएन ।

कारागारमा कमाएको पैसाले प्याड किन्न नि धौ-धौ हुन्छ । कहिलेकाही त कपडा पनि प्रयोग गर्ने गरेका छौं । कारागारबाटै प्याड उपलब्ध गराइदिए हामीलाई सहज हुने थियो ।’

कारागारमा स्वास्थ्यकर्मी नभएकाले पनि महिनावारीको समयमा देखिने समस्यको घरेलु विधीबाटै उपचार गर्नुपर्ने बाँध्यता रहेको ४५ वर्षीय महिलाले बताइन् । उनले भनिन्, ‘सानो सानो समस्य भएपनि हडकडि लगाएर दमौली अस्पताल जानुपर्छ, भरु यहि तातोपानी र कारागारमै उपलब्ध औषधी खाएर बस्ने गरेका छौं ।

जटिल समस्य आए मात्र अस्पताल जाने पनि गरेका छौं ।’ कारागारमा स्वास्थ्यकर्मीको पद ३ वर्षेखि रिक्त छ । स्वास्थ्यकर्मीको माग गरिरहेपनि पदपुर्ति हुन नसकेको कार्यालयले जनाएको छ ।

यस्तै, महिनावारी र महिला स्वास्थ्य सम्बन्धी समस्य लिएर आफुकहाँ कुनैपनि कुरा नआएको कारागारका प्रमुख नारायण अधिकारीले बताए। उनले भने, ‘दुइ महिला कार्यालय सहयोगी हुनुहुन्छ, उहाँहरुसंग नै सबै आवश्यक सामाग्री मगाउनु हुन्छ । यस्तो समस्य आयो सम्बोधन गरिदिनुपर्‍यो भनेर मसम्म आएको छैन ।’

जिल्ला कारागार तनहुँमा गत फागुन महिनादेखि महिला कैदीबन्दि राख्न सुरु गरिएको छ । करिव २० वेड क्षमता रहेको कारागारमा तनहुँ, गोरखा र रुपन्देहीका १५ जना महिला कैदीबन्दि राखिएको प्रमुख अधिकारीले बताए ।

‘कारागारमा महिलालाई निःशुल्क प्याडको व्यवस्था गरिएको छैन’, उनले भने, ‘हामीलाई कसैले पनि प्याडको व्यवस्था गरिदिनु भन्नुपनि भएन । अब हामी यस विषयमा पनि सोच्ने छौं ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker