जिप्रका तनहुँमा राखिएको क्यूआर कोड सेवाग्राहीले प्रयोगनै गरेनन्

दमौली : कार्यालयको सेवा प्रवाह सम्बन्धी गुनासो दर्ता गर्न जिल्ला प्रशासन कार्यालय तनहुँले कार्यालय परिसरमा राखेको क्यूआर कोड सेवाग्राहीले प्रयोगनै नगरेको बताइएको छ ।

मोबाइलबाट स्क्यान गरी प्रशासन कार्यालय तथा अन्य सेवा प्रवाहमा सेवाग्राहीले झेल्नुपरेका समस्या, गुनासो सहज रुपमा रेकर्ड गराई समाधान गराउन सहज पुगोस भन्ने उद्देश्यले राखिएको क्यूआर कोड सेवाग्राहीले प्रयोग नै नगरेको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले बताए ।

प्रमुख जिल्ला अधिकारीका अनुसार कार्यालयले गुनासो व्यवस्थापनमा ७० प्रतिशतभन्दा बढी समाधान गरेको छ । अहिलेको डिजिटल युगमा कार्यालयले क्यूआर कोड, नागरिक एप्प, कार्यालयमा दर्ता निवेदन तथा नियामक निकायमार्फत आउने गुनासो द्रुतगतिमा समाधान गर्ने नीति अघि सारेको प्रजिअ अधिकारीले बताए ।

आइतबार पत्रकार सम्मेलन गरी त्रैमासिक अवधिमा दर्ता भएका ६१९ गुनासोमध्ये ४३४ गुनासो समाधान भएको जानकारी गराउँदै प्रजिअ पौडेलले नागरिक एप्प मार्फत दर्ता ५७२, कार्यालयमा दर्ता भएका ३४, नियामक निकायका १३ वटा गुनासो समाधान गरिएको बताए । चालु आवको पहिलो त्रैमासिकमा १४ हजार ९४६ सेवा वितरण गरेको छ । प्रदेश–जिल्लास्तरका नागरिक सेवा प्रवाहलाई उच्च प्राथमिकतामा राख्दै उल्लेख्य कार्य सम्पादन गरेको छ ।

कार्यालयले तीन महिनाको अवधिमा विभिन्न प्रकारका कुल ३ हजार ६०१ नागरिकता प्रदान गरेको छ । नयाँ नागरिकता (वंशज, वैवाहिक, गैरआवासीय आदि) १ हजार ७२४, नागरिकता प्रतिलिपि १ हजार ८७७ लिएका छन भने ६ जनाले नागरिकता परित्याग गरेको बताइएको छ ।

विशेषगरी वंशजका आधारमा नागरिता लिने सेवाग्राही बढी रहेको जिप्रकाले जनाएको छ । बिहानैदेखि लाइन बसिरहनुपर्ने चापका कारण केही दिन बिहान ८ देखि बेलुका ६ बजेसम्म सेवा विस्तार गरी सहज रुपमा सेवा प्रवाह गरिएको थियो ।

यस्तै, राहदानी र राष्ट्रिय परिचयपत्र सेवामा उल्लेख्य प्रगति गरेको कार्यालयले त्रैमासिक अवधिमा राहदानीसम्बन्धी बायोमेट्रिक विवरण संकलन २ हजार ६, राहदानी वितरण १ हजार ६५३ गरी कुल ३ हजार ६५९ सेवा प्रदान गरिएको छ ।

कार्यालयले राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन र वितरण तयारीमा पनि कार्यालय सक्रिय रहेको छ । प्रथम त्रैमासिकमा कार्यालयले ५ हजार ३८८ परिचयपत्र पालिकामा पठाएको छ । स्थानीय तहहरुमा १० हजार ५३६ परिचयपत्र पठएको छ ।

भानु, व्यास तथा अन्य स्थानीय तहमा कार्ड वितरणलाई थप द्रुत गतिमा अघि बढाइएको छ । कार्यालयले १३४ नयाँ नाबालक परिचयपत्र र ५ प्रतिलिपि वितरण गरेको छ । १ हजार २१३ कागजातका प्रमाणित÷सिफारिस, ३९८ संस्था दर्ता/नवीकरण, ६५ हातहतियार नवीकरण, १० मुद्दा दर्ता/फाँट लगायतका सेवा प्रदान गरेको छ ।

यस्तै, कार्यालयले प्रथम त्रैमासिकमा एक करोड १८ लाखभन्दा बढी राजश्व संकलन गरेको छ । राहदानी दर्ता शुल्क बापत १ करोड ११ लाख ५८ हजार, हातहतियार नवीकरण शुल्क बापत ३ लाख २ हजार, संघ–संस्था दर्ता/नवीकरण बापत २ लाख ५ हजार, अनुरक्षण, सुरक्षा र अनुगमनमा प्राथमिकता, राजमार्ग सुरक्षा र अनुगमनलाई उच्च प्राथमिकता दिएको प्रजिअ अधिकारीले जानकारी गराए ।

कार्यालयले विशेष सहयोग आवश्यक परेका अति–अशक्त तथा अपांगता भएका नागरिकलाई घरमै गई नागरिकता वितरण गरिएको कार्यालयले जनाएको छ । सामाजिक उत्तरदायित्व अनुसार यस्तो सेवा निरन्तर चलाइने प्रजिअ अधिकारीले जनाए ।

प्रजिअ अधिकारी : सेवाग्राहीमैत्री प्रशासन हाम्रो लक्ष्य

प्रमुख जिल्ला अधिकारी अधिकारीले सेवा सहज, द्रुत र पारदर्शी बनाउन हामी निरन्तर काम गरिरहेका बताए । ‘सेवाग्राहीमैत्री प्रशासन हाम्रो लक्ष्य हो’, उनले भने, ‘स्थानीय तह, कर्मचारी, सुरक्ष निकाय, सञ्चार माध्यम र जनस्तरका सुझावलाई आगामी त्रैमासिकमा अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता रहेका छौं ।’

जिल्ला प्रशासन कार्यालय तनहुँले प्रस्तुत गरेको त्रैमासिक सेवा विवरणले नागरिकबाट प्राप्त गुनासो समाधानदेखि लिएर प्रशासनिक सेवा, राजस्व संकलन, राहदानी तथा परिचयपत्र सेवा सबै क्षेत्रमा सक्रियता, पारदर्शिता र उत्तरदायित्वपूर्ण सेवा प्रवाह भएको स्पष्ट रहेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker