टाइगर कप राष्ट्रिय भलिबलको उपाधि एपिएफलाई

भञ्ज्याङ समाचारदाता/कास्की

विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबले पोखरामा आयोजना भएको चौथो संस्करणको ‘टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित महिला तथा पुरुष क्लब च्याम्पियनसिप भलिबल’को उपाधि चुमेको छ ।

पोखरा रङ्गशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा शानिबार सम्पन्न महिलातर्फको फाइनलमा चन्द्रागिरि न्यूडायमण्ड क्लब काठमाडौँलाई सोझो सेटमा पराजित गरी साविक विजेतासमेत रहेको एपिएफ च्याम्पियन बनेको हो । यससँगै एपिएफले उपाधिमा हृयाट्रिक गर्न सफल भयो ।

उपाधिसँगै एपिएफले रु पाँच लाख ५५ हजार ५५५ पुरस्कार प्राप्त गर्‍यो । उपविजेता बनेको न्यूडायमण्ले रु दुइ लाख ५५ हजार ५५५ मा चित्त बुझायो । एपिएफले पहिलो सेटको खेल २५-२०, दोस्रो सेट २५-१८ र अन्तिम सेट २५-२१ ले डायमण्डलाई हराएको हो ।

विसं २०७७ देखि सञ्चालन भएको प्रतियोगितामा एपिएफले दोस्रो र तेस्रो संस्करणको उपाधि जितेको थियो । पहिलो संस्करणमा महिलातर्फ नेपाल पुलिस क्लब च्याम्पिन बनेको थियो । महिलातर्फ प्रतियोगितामा छ टोलीले सहभागिता जनाएका थिए । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा यही माघ १ गतेदेखि पोखरामा प्रतियोगिता सञ्चालन भएको हो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker