तनहुँ जलविद्युत आयोजनाबाट प्रभावित घर परिवारलाई बाख्रा पालन तालिम

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँ जलविद्युत आयोजनाले आयोजनाबाट प्रभावित घरपरिवारलाई व्यवसायिक बाख्रा पालन तालिम दिएको छ ।

आयोजना प्रभावितको जीविकोपार्जन पुनःस्थापना कार्यक्रम अन्तर्गत व्यास नगरपालिका-५ बेतेनी क्षेत्रका आयोजना प्रभावितहरुलाई तीन दिने व्यवसायिक बाख्रापालन सम्बन्धी तालिम दिइएको हो ।

आयोजना प्रभावितहरुको स्वःरोजगार तथा आयआर्जन वृद्धि गर्ने उद्देश्यले दिइएको तालिममा २३ जनाको सहभागिता थियो । बिउको रुपमा समूहलाई २ वटा बोका र २.५ के.जी. घाँसको बिउ उपलब्ध गराइएको थियो ।

तालिमको समापन कार्यक्रममा बोल्दै आयोजनाका प्रबन्ध निर्देशक किरण कुमार श्रेष्ठले तनहुँ जलविद्युत आयोजनाबाट प्रभावितहरुको जिविकोपार्जन तथा आयआर्जनमा बृद्धि गर्ने उद्देश्यले तालिम दिईएको बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker