तनहुँको बन्दीपुर -६ धरमपानीका ४६ परिवारलाई गाउँ ब्लक पुर्जा वितरण

भञ्ज्याङ समाचारदाता/बन्दिपुर

तनहुँको बन्दीपुर गाउँपालिका-६ धरमपानीका ४६ घरपरिवारलाई गाउँ ब्लक पुर्जा वितरण गरिएको छ । साविक धरमपानी गाउँ विकास समिति अन्तर्गत वर्षौदेखि जोतभोग गर्दै आएका भूमिहीनलाई बुधबार नापी कार्यालयले गाउँ ब्लक जग्गाको धनी पुर्जा वितरण गरेको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले ४६ जग्गाधनीलाई पुर्जा वितरण गरेकी हुन् । सो अवसरमा मन्त्री श्रेष्ठले देशभर नापी भइसकेका गाउँ ब्लकका नागरिकलाई पुर्जा वितरण गर्ने अभियान सुरु गरिएको बताइन् ।

भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि राष्ट्रिय भूमि आयोग गठन गरिएको र आयोगमार्फत सुकुम्बासीलाई लालपुर्जा प्रदान गरिने उनले प्रतिवद्धता जनाइन् ।

नापी कार्यालय तनहुँका प्रमुख कृष्ण आचार्यले ब्लकमा परेका व्यक्तिहरुलाई लालपूर्जा वितरण गरिएको जानकारी दिए । कार्यालयले विगतमा पनि जिल्लाका विभिन्न ठाउँका सर्वसाधारणलाई गाउँ ब्लक पुर्जा वितरण गरेको उनले बताए ।
पुर्जा पाएपछि स्थानीयवासी खुसी भएका छन् । पुर्जा नहुँदा उनीहरु व्यक्तिगत काम, बैंकबाट ऋण लिने, धितो राख्ने, बेचबिखन गर्न, अंशबण्डा गर्नबाट वञ्चित थिए । विसं २०२९ देखि २०३२ सम्म तनहुँमा पहिलो पटक नक्सा नाप गरिएको थियो ।

तत्कालीन समयमा बाक्लो बस्ती बसेको ठाउँ र बस्ती नबसेको ठाउँमा गाउँ ब्लक भनेर एउटै कित्तामा जग्गा नापी गरिएको थियो । एकै ठाउँमा धेरै घर भएका ठाउँमा नाप नक्सा हुन छुट भएको थियो । उक्त समयमा ती जग्गामा ब्लक नं लेखिएको थियो ।

नापी कार्यालयले अहिले त्यही ब्लक नं नापेर भोगका आधारमा पुर्जा वितरण गरेको हो । तनहुँमा विसं २०७१ देखि गाउँ ब्लक नाप्न सुरु गरिएको थियो । नापी कार्यालयका अनुसार जिल्लामा साविकका २२ वटा गाविसमा गाउँ ब्लक रहेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker