भानुमा लैंगिक हिंसा न्यूनीकरण सम्बन्धी प्रतिवद्धता सभा

भञ्ज्याङ समाचारदाता/भानु

तनहुँको भानु नगरपालिकामा लैङ्गकि हिंसा न्यूनिकरण सम्वन्धी प्रतिवद्धता सभा गरिएको छ । ‘लैंङ्गकि हिंसा अन्त्यको सुनिश्चितताः महिला वालबालिकामा लगानिको ऐक्यवद्धता’ भन्ने नाराका साथ भानु नगरपालिकाले लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम समापन गरेको हो ।

भानु महिला बिकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, बरभञ्ज्याङ महिला बिकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड, शिलादेबी महिला बिकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सुरक्षित महिला बिकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड र नाउदी पाउँदी महिला बिकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहकार्यमा १६ दिने अभियान अन्तर्गतका कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडलले बताए ।

वडा नं. ३ को चाम्बास तामाङ गुम्बामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख आनन्दराज त्रिपाठीले “हामी हिंसा गर्दैनौं, हिंसा सहन्नौं, हिंसा भए गरेको देखेमा प्रतिकार गर्दछौं” भन्ने प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका थिए । कार्यक्रममा उपप्रमुख उमा गोतामेले लैंगिक हिसाको परिचय, लैगिक हिसांको प्रकृति, बालश्रम, बालविवाह, बालवालिका, किशोरकिशोरी र महिलामाथी हुने हिसांका बारेमा आफ्नो धारणा व्यक्त गरेकी थिइन ।

उनले हिसांमा परेमा के गर्ने, दण्ड सजायको बारेमा सहजिकरण गर्दै उनले समाजमा महिला हिंसाको घटना हुने गरेको र यस्ता घटना हुन नदिन सबै सचेत हुनपर्ने बताइन् । उनले भनिने, ‘हिंसामा परेरपनि घर परिवार, आफन्त तथा समाजले के भन्छ भन्ने सोचले हामी चुप लागेर बस्न नहुने र यस्ता घटनालाई बढावा दिन मद्दत पुग्ने हुँदा लैंगिक हिसा, घरेलु, महिला हिंसामा परेमा तथा भएको देखेमा सहयोगी व्यक्ति तथा सुरक्षा निकायमा जानुपर्दछ ।’

नगरपालिकाका सामाजिक बिकास समितिका संयोजक एवं वडा नं. १० का वडा अध्यक्ष हरिहर उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रमका वक्ताहरुले लैंगिक हिंसाका घटना हुन नदिन आफुहरु प्रतिवद्ध रहेको बताएको नगरपालिकाका सुचना अधिकारी कृपाहरी लौडारीले बताए ।

पालिकाका जनप्रतिनिधि, वडा अध्यक्ष, विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको उक्त कार्यक्रम सञ्चालन गरिएको थियो । प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्वर १० सम्म विश्वभर लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन हुँदै आएको छ । अभियानकै अवसरमा भानु नगरपालिकाले विभिन्न सचेतनामूलक कार्यक्रम गरेको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker