तनहुँको आवुखैरेनीमा जिप दुर्घटना, चालक सहित ५ यात्रु घाइते

भञ्ज्याङन्यूज

तनहुँको आवुखैरेनीमा जिप दुर्घटना हुँदा चालक सहित ५ जना घाइते भएका छन ।

मुग्लिङ तर्फ जादै गरेको बा१७च ७९६० नम्बरको बोलेरो जिप आज बिहान करिब ४:०० को समयमा आबुखैरेनी गाउँपालिका वडा नं. ४ पावर हावस स्थित पृथ्वी राजमार्ग सडक खण्डबाट करिब १५० तल खसेको तनहुँ प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा चालक सहित जीपमा सवार यात्रुहरु मध्ये ५ जना घाईते भएको र घाईतेहरुको ईलाका प्रहरी कार्यालय आबुखैरेनी तनहुँबाट खटिएको प्रहरी टोली र कालिभन्जन गण(ई) सुरक्षा पोष्ट तनहुँबाट खटिएको नेपाली सेना समेतको संयुक्त टोलीले उद्दार गरी उपचारका लागि पठाइएको  जिल्ला प्रहरी कार्यलय तनहुँले जानकारी गराएको छ ।

जीप दुर्घटनामा परि चालक कैलालीको धनगढी नगरपालिका वडा नं. ४ बस्ने वर्ष २७ को दयाराम राना, सुर्खेतको बिरेन्द्र नगरपालिका वडा नं. ६ बस्ने वर्ष २८ को थानेश्वर भट्टराई, वडा नं. ९ बस्ने वर्ष २८ को निबस खत्री, दार्चुला महाकाली नगरपालिका वडा नं. ५ बस्ने वर्ष २४ को राकेश भट्टको आवुखैरेनी अस्पतालमा उपचार भैरहेको छ ।

यस्तै, कैलाली गोदाबारी न.पा.-३ बस्ने वर्ष ३० को खगेन्द्रराज पनेरुको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारका लागि पठाइएको तनहुँ प्रहरीले बताएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker