भानु जयन्तीमा भानुभक्तीय रामायण वाचन प्रतियोगिता

भञ्ज्याङ न्यूज

२१०औं भानु जयन्तीका अवसरमा आदिकवि भानुभक्त क्याम्पस, व्यास-१ तनहुँको आयोजनामा भानुभक्तीय रामायण वाचन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताका लागि कास्की र तनहुँबाट विभिन्न विद्यालयका २९ जना विद्यार्थीहरू सहभागी भएका थिए ।

प्रतियोगितामा आदिकवि भानुभक्त माध्यमिक विद्यालय, तनहुँका छात्रा नमुना पन्थी प्रथम, बालमन्दिर माध्यमिक विद्यालय, तनहुँका छात्राद्वय रोशा रसायली र अनिषा घर्ती द्वितीय र गोगन माध्यमिक विद्यालय कास्कीकी छात्रा सुजाता पौडेल तृतीय भएका छन् ।

प्रतियोगितामा महर्षि बेदब्यास मावि तनहुँका श्रेयन आचार्य र शिव मावि तनहुँकी सुनयना पौडेलले सान्त्वना स्थान प्राप्त गरेका छन् । प्रतियोगितामा प्रोत्साहन पुरस्कार स्वाधिनता पौडेललाई प्रदान गरियो।

प्रतियोगिताका विजयी विद्यार्थीलाई आदिकवि भानुभक्त क्याम्पसका सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठ, क्याम्पस प्रमुख महाप्रसाद हड्खले, नेपाली विभागका प्रमुख विजयराज खनालले संयुक्त रुपमा पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषाका क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएको बताउँदै उहाँको योगदान चीरकाल पर्यन्त जीवन्त रहने बताउनुभयो ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठ, नेपाली विभाग प्रमुख विजयराज खनाल लगायतले यस किसिमका प्रतियोगिताले भानुभक्तको योगदानको स्मरणसँगै साहित्यिक गतिविधि जगेर्ना गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker