डुम्रेमा बजार अनुगमन : पाउँरोटी उत्पादन मिति भन्दा २ दिन अगाडिनै बजारमा

डीपी अधिकारी/भञ्ज्याङ

तनहुँको बन्दिपुर गाउँपालिका-१ को डुम्रे बजारमा अनुगमन गरिएको छ । चार्डपर्वलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय तनहुँको नेतृत्वमा विहीबार गरिएको बजार अनुगमनका क्रममा एउटा पाउँरोटी उद्योगले उत्पादन मितिको दुइ दिन अगाडि नै पाउँरोटी बजारमा बिक्री वितरण गरेको भेटिएको छ ।

डुम्रे स्थित शिव पाउँरोटी उद्योगकको अनुगमन गर्दा उद्योग भित्र सरसफाई समेत राम्रोसंग नगर्दा दुर्गन्धित अवस्थामा रहेको र उत्पादित पाउँरोटीका उत्पादन र उपभोग्य मिति समेत गलत उल्लेख गर्ने गरेको, म्याद गुज्रिएका खाद्यवस्तुहरु प्रयोगमा ल्याउने गरेको भेटिएको थियो ।

चार्डपर्वको समयमा अखाद्य र म्याद गुज्रिएका उपभोग्य बस्तुहरु बिक्री हुने अवस्थालाई मध्यनजर गर्दै बजार अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए। बरालको नेतृत्वको टोलीले डुम्रेबजारका खाद्यन्न तथा तरकारी पसलहरुको अनुगमन गरेको थियो । बजार अनुगमनको क्रममा कानुनी रुपमा दर्ता नगरी व्यवसाय संचालन गरिएको, दर्ता नविकरण नगरिएको, म्याद गुर्जेका उपभोग्य बस्तुहरु बिक्री योग्य बस्तुसंगै राखिएको, लेवल नराखिएको भेटिएको थियो । बजारमा मुख्य गरी तैयारी अचार सस्, पाउरोटीजन्य सामानहरु म्याद गुज्रेको भेटिएको थियो ।

अनुगमनको क्रममा व्यापारिले बुधबार साँझ ९ अगष्ट ६ मा खरिद गरिएको पाउरोटीमा अगष्ट ८ उत्पादन मिति अर्थात उत्पादन भएको २ दिनपछि मात्रै उत्पादन मिति राखेर बिक्री गर्ने शिब पाउरोटी उद्योगले अर्कै उद्योगको बाहिरी लेबल लगाएको भेटिएको थियो । उद्योग रहेको स्थान पिप्लेमा अनुगमन गर्दा सरसफाईको अवस्था दयनीय भेटिएको, उद्योगमा पस्न नाकै थुन्नु पर्ने अवस्था रहेको र पाउरोटी पोल्ने फलामको भाँडा अत्यान्तै फोहोर र खिया समेत लागेको भेटिएकाले उद्योगमा तत्काल उत्पादनमा रोक लगाई जिल्ला प्रशासन कार्यालयमा हाजिर हुन निर्देशन दिईएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताए ।

मिठाइ पसलमा पनि सरसफाईको कमि रहेको भेटिएकोले अनुगमनका क्रममा म्याद गुर्जेका सामानहरु जफत गरिएको छ भने दर्ता तथा नविकरण नगरेका व्यवसायीहरुलाई समयमै दर्ता तथा नविकरणका लागि आग्रह गरिएको उद्योग अधिकृत नारायण प्रसाद ढकालले बताए ।

अनुगमनका क्रममा डुम्रे बेशिसहर सडकको सडकमा बाधा पुग्ने गरी फलफूल र तरकारी राखी बिक्री गरेको, सटर भन्दा बाहिर फुटपाथमा सामान राखी बिक्री गरेको भेटिएकाले तत्काल हटाउन निर्देशन दिँदै अटेरी गरे पालिकाले सामाग्री हर्टाई लगि लिलाम गरिने बन्दिपुर गाउँपालिकाका राजश्व शाखाका प्रमुख दिनेश पौडेलले बताए ।

अनुगमनामा कर अधिकृत रमेश श्रेष्ठ, खाद्य तथा गुण नियन्त्रण दमौलीका सन्तोष थापा मगर, बन्दिपुर गाउँपालिकाका राजश्व शाखाका प्रमुख दिनेश पौडेल, योजना शाखाका प्रमुख नबराज काफ्ले, काशीनाथ भट्टर्राई, प्रहरी लगायतको टोलीको सहभागिता रहेको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker