रुखबाट खसेर भिमादमा एकको मृत्यु
तनहुँको भिमाद नगरपालिका–५ मिर्छुलुङ आमडाँडामा बुधबार दिउँसो २:३० बजेतिर रुखबाट खसेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६५ वर्षीय मनहर्ष राना रहेको जिल्ला प्रहरीले जनाएको छ ।
बारीमा दाउरा काट्ने क्रममा चिलाउनेको रुखबाट लडी घाइते भएका रानाको भिमाद स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बताए ।
उनका अनुसार घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।










