४० जना विद्यार्थीलाई न्यानो कपडा सहयोग

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिका-१ भादगाउँ स्थित जलदेवि माध्यमिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा सहयोग गरिएको छ । गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष डा. केशव पौडेलले विद्यालयका ४० जना अति विपन्न बालबालिकालाई न्यानो कपडा उपलब्ध गराएका हुन् ।

व्यास-९ सिस्नेरी घर भइ हाल अमेरिकामा बसोबास गर्दै आएका पौडेलले बिहीवार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर बस्नेतलाई सहयोग सामाग्री हस्तान्तरण गरेका थिए । बढ्दो जाडोका कारण विद्यालयमा अध्ययनरत् विपन्न विद्यार्थीको पठनपाठन प्रभावित भइरहेको विषयमा विद्यालयका शिक्षक राजु पौडेलले जानकारी गराएपछि उनले उक्त सामाग्रि उपलब्ध गराएका हुन् ।

यस्तै, छोटो अवधिको जानकारीमा विद्यालयमै उपस्थित भइ सहयोग गरेको भन्दै विद्यालयका प्रधानाध्यापक पिताम्बर सिग्देलले आभार व्यक्त गरे । पूर्ण विद्यालय पोशाकमा विद्यालय आउन नसक्ने अवस्था रहेका विद्यार्थीलाई सहयोगले राहत मिल्ने उनले बताए ।

उनका अनुसार उक्त विद्यालयमा आर्थिक विपन्नता भएका तथा दलित समुदायका विद्यार्थीहरुको बाहुल्यता रहेको छ । प्रदेशमा रहेर पनि मातृभूम्रि्रति पौडेलले देखाएको सेवा भाव र सद्भाव प्रति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बस्नेतले धन्यवाद व्यक्त गरे ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker