कृषकलाई अनुदानमा कृषि सामाग्रि वितरण

तनहुँको शुक्लागण्डकी नगरपालिकाले कृषि उत्पादन वृद्धि, यान्त्रीकरण र कृषकको उत्पादन लागत घटाउने उद्देश्यले ५० प्रतिशत अनुदान कार्यक्रमअन्तर्गत कृषकलाई कृषि सामग्री वितरण सुरु गरेको छ । कार्यक्रमअन्तर्गत वडा नं. ६ स्थित जाम्दीबेसी कृषक समूहका कृषकहरूलाई नगरप्रमुख कृष्णराज पण्डित, वडा अध्यक्ष बुद्धी थापाले मिनी टिलर, कम्बाइन मिल तथा त्रिपाल वितरण गरेका छन् । उक्त समूह चैते धान प्रवर्द्धन कार्यक्रमअन्तर्गत छनोटमा परेको छ ।

नगरपालिकाले वडा नं. ६ का जाम्दी कृषक समूह (चैते धान प्रवर्द्धन कार्यक्रम), राईपुर साना किसान कृषि सहकारी संस्था (आलु पकेट कार्यक्रम) तथा गोल्मे–साखे क्षेत्र -चैते धान कार्यक्रम) का लाभग्राही कृषकलाई सम्बन्धित स्थानमै हाते ट्र्याक्टर वितरण गर्ने भएको छ ।

नगरपालिकाले कृषिमा आधुनिक प्रविधिको प्रयोग बढाई उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने, श्रम अभावको समस्या समाधान गर्ने र कृषकलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण कार्यक्रम सञ्चालन गर्दै आएको नगरप्रमुख पण्डितले बताए । तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker