निर्मल र भानु माध्यमिक विद्यालयको विव्यस गठन
भञ्ज्याङ न्यूज

तनहुँको व्यास नगरपालिका-१ स्थित निर्मल माध्यमिक विद्यालयको व्यवस्थापन समिति चयन गरिएको छ । विद्यालयका अभिभावकको भेलाले तमबहादुर दरैको अध्यक्षतामा व्यवस्थापन समिति चयन गरेको हो । भेलाले समितिको सदस्यमा बिष्णुहरि न्यौपाने, इन्द्रबहादुर मल्ल, शान्ता छिमाल चयन भएका छन् भने विद्यालयको शिक्षक अभिभावक संघका अध्यक्षमा हरिशरण खनाललाई चयन गरिएको छ ।
यस्तै, समितिका सदस्यमा होमबहादुर श्रेष्ठ, चिजा भुजेल, रामकुमारी आले, विना थापा निर्वाचित भएको विद्यालय व्यवस्थापन समितिका सदस्य सचिव विद्यालयका प्रधानाध्यापक गणेशचन्द्र बस्नेत छन् ।
त्यस्तै, व्यास-१० स्थित भानु माध्यमिक विद्यालयको व्यवस्थापन समिति पनि गठन गरिएको छ । अभिभावकहरुको भेलालले बिष्णु बहादुर थापाको अध्यक्षतामा व्यवस्थापन समिति गठन गरिएको हो । समितिको महिला सदस्य अनिसरा गुरुङ, सदस्य लिल बहादुर बि क, सदस्य सुरेन्द्र गुरुङ चयन भएका छन् भने शिक्षक अभिभावक संघको अध्यक्षमा पदम बहादुर दरै र सदस्य सचिवमा प्रधानाध्यापक राजेन्द्र प्रसाद सिग्देल चयन भएका छन् ।










