महायज्ञमा पाँच लाख रुपैयाँ दान संकलन

भञ्ज्याङ समाचारदाता/दमौली

नेपाल नेत्रहीन संघ तनहुँले दमौलीमा सञ्चालन गरेको श्रीमद् भागवत ज्ञान महायज्ञको चौथो दिनसम्म पाँच लाख रुपैयाँ दान संकलन भएको छ ।

ज्ञान महायज्ञमा शनिबार तीन लाख रुपैयाँ दान संकलन भएको आयोजकले जनाएको छ । पौष १८ गतेदेखि सुरु भएको महायज्ञमा यस अगाडि दुइ लाख रुपैयाँ दान संकलन भएको बताइएको छ । महायज्ञ २६ गतेसम्म चल्नेछ ।

भवन निर्माणार्थ तनहुँ नेत्रहीन संघले सदरमुकाम दमौलीमा पहिलो पटक ज्ञान महायज्ञ शुरु गरेको हो । संघले केही समय अघि जग्गा दान प्राप्त गरेपछि उक्त जग्गामा भवन निर्माण गर्न आर्थिक स्रोत जुटाउन महायज्ञको आयोजना गरेको संघका अध्यक्ष चिनबहादुर कुमालले बताए ।

व्यास नगरपालिका-५ पाटन निवासी केबी गुरुङले पच्चिस लाख रुपैयाँ मूल्य बराबरको ४ आना २ दाम जग्गा उपलब्ध गराएपछि भवन निर्माण गर्न नेत्रहीन संघ तनहुँ लागि परेको छ । गुरुङले गत साउनमा मालपोत कार्यालयमा गएर रजिष्टेशन पास गरी तनहुँ नेत्रहीन संघलाई जग्गाको भोगाधिकार प्रदान गरेका छन् ।

प्रमुख वाचक परशुराम काफ्ले रहेको महायज्ञबाट संकलित रकमले मानवमैत्री भवन निर्माण गर्ने योजना रहेको तनहुँ नेत्रहीन संघका अध्यक्ष कुमालले बताए । महायज्ञबाट चालिस लाख रुपैयाँ बराबरको दान संकलन गर्ने लक्ष्य आयोजकले लिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker