बन्दिपुर र भानुका ४० घरपरिवारलाई राहत वितरण

भञ्ज्याङ न्यूज

तनहुँको बन्दिपुर गाउँपालिका र भानु नगरपालिकाका गरी ४० घरपरिवारलाई राहत एप प्रयोग गरी राहत वितरण गरिएको छ । कोरोना भाइरसका कारण समस्यामा परेका दैनिक ज्याला मजदुरी गरेर खाने, अपाङ्गता भएका कारण समस्यामा परेका, रोजगार गुमाएका र वृद्धवृद्धाहरुलाई सोमबार राहत वितरण गरिएको हो ।

बन्दिपुर गाउँपालिका वडा नं. १ र ४ का डुम्रे, विजयपथ, रिमाल्नी, भुडाटर, गुरुङ्गटार, आरूबोटे लगायतका ४० घर परिवारलाई प्रति व्यक्तिलाई १५ केजी चामल, दाल १ केजी, २ पोका तेल, १ पोका नुन, २ वटा हात धुने र २ नुहाउने साबुन, सोयाबिन १ पोका, मिक्स मसला १ पोका, चाउचाउ ५, बिस्कुट ६ र मञ्जन १ पिस उपलब्ध गराइएको छ ।

रुमसनको आर्थिक तथा राहत एपको प्राविधिक सहयोग तथा डुम्रे सांस्कृतिक युवा परिवारको समन्वयमा उक्त राहत वितरण गरिएको युवा परिवारका अध्यक्ष कैलाश श्रेष्ठले बताए । नयाँ प्रविधिको प्रयोग गरी राहत एप मार्फ विभिन्न समय र परिस्थिमा पारदर्शी ढंगबाट सम्बन्धित ब्यक्तिलाई नै राहत उपलव्ध गराउन ब्लकटेन प्रविधिको प्रयोग गरी बनाइएको एप निर्माता कम्पनीले जनाएको छ ।

यस एपको प्रयोग गरी काठमाडौंको दुइ स्थान र चितवनको चेपाङ्ग बस्तिमा यसअघि नै राहत वितरण गरिसकिएको छ । एपको प्रयोग गरेर सामाग्री प्रदान गर्दा निकै सहज र सजिलो भएको राहत सुचिकृत पसल स्वेता स्टोर्सका प्रोपाइटर गणेश श्रेष्ठले बताए । कहिल्यै नसुनेको नदेखेको भए पनि नयाँ प्रविधिको प्रयोग गरी राहत लिन पाउँदा सजिलो र भरपर्दो महसुस भएको भानु-१ का रामबहादुर परियारले बताए ।

हाल राहत एप परीक्षणको क्रमममा रहेको र निकै राम्रो प्रतिक्रिया आईरहेको संस्थापक अस्मिता मानन्धर श्रेष्ठले बताए । आवश्यकता अनुसार विभिन्न प्रकारका सेवाहरू थप गर्दै लैजाने अर्का संस्थापक रुमी सिंहले बताए । राहत कार्यक्रमको लागि बन्दिपुर-१ निवासी रुमसनका सदस्य सृष्टि पिया र डुम्रे अभिजेश पियाले सहजीकरण गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker