आँबुखैरेनीमा तमु भाषा तथा खेमालिपि प्रशिक्षण

आँवुखैरेनी : तनहुँको आँबुखैरेनी गाउँपालिका–३, पानीघट्टास्थित माई छिम्केश्वरी तमु सुधार समाजले तमु (गुरुङ) भाषा तथा खेमालिपि संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम सुरु गरेको छ ।

समाजले हरेक शनिबार र आइतबार सञ्चालन गर्ने उक्त प्रशिक्षणमा २५ जना तमु -गुरुङ) प्रशिक्षार्थी सहभागी छन् ।

तमुस्यो ह्युल छोंज धीं महिला गुरुङ राष्ट्रिय परिषद्, आँबुखैरेनीकी अध्यक्ष डोलमाया तमुको अध्यक्षता तथा तमु ह्युल छोंज धीं आँबुखैरेनीका अध्यक्ष पूर्ण तमुले एक कार्यक्रमका बीच तालिमको शुभारम्भ गरेका थिए ।

कार्यक्रममा तमुस्यो ह्युल छोंज धीं महिला गुरुङ राष्ट्रिय परिषद् तनहुँकी सदस्य तथा वडा नं. ४ की वडा सदस्य मिनसोभा गुरुङ र तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् आँबुखैरेनीका सचिव राजेन्द्र गुरुङ, समाजकी पूर्व उपाध्यक्ष आइतमाया गुरुङ, टकमाया गुरुङ लगायतले आफ्नो भाषा, संस्कार, संस्कृतिको महत्वका विषयमा चर्चा गरेका थिए ।

अनिता तमु, रितु तमु र लक्ष्मी तमुले प्रशिक्षाथीर्हलाई प्रशिक्षण दिएको डोलमाया तमुले जानकारी गराइन् । माई छिम्केश्वरी तमु सुधार समाजका अध्यक्ष पृथबहादुर गुरुङका अनुसार प्रशिक्षण सञ्चालन हुने दिनमा आवश्यक स्टेशनरी तथा खाजा खर्च समाजका आजीवन सदस्यहरूले पालैपालो व्यवस्थापन गर्ने भएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker