कमजोर आर्थिक अवस्था भएका विपन्न परिवारलाई रेष्टको राहत

भञ्ज्याङ न्यूज

कोरोना भाइरस कोभिड-१९ तथा बाढी पहिरोबाट प्रभावित परिवारलाई अमेरिकन हिमालयन फाउण्डेशनद्वारा संचालित ग्रामीण स्वास्थ्य तथा शिक्षा सेवा गुठी तनहुँले राहत वितरण गरेको छ । आइतबार जिल्लाका विभिन्न विद्यालयमा पुगी गुठीले राहत वितरण गरेको अल्मुना संगठन तनहुँकी अध्यक्ष कृष्णकुमारी राना पुनमले जानकारी दिइन् ।

उनका अनुसार कमजोर आर्थिक अवस्था भएको परिवार पहिचान गरी जिल्लाका ७३ घर परिवारलाई राहत वितरण गरिएको हो । राहतमा ३० किलोको एक बोरा चामल, ४ किलो दाल, ३ लिटर तेल, एक पोका नुन र ४ वटा साबुन उपलब्ध गराइएको अध्यक्ष रानाले बताइन् ।

रेष्टले व्यास नगरपालिकाको निर्मल माविमा एक, शुक्लागण्डकीका पञ्चमुनिदेव माविमा १८, तालवेशी मावि घारीमा १२, कुमारी प्राविमा ६, खैरेनी माविमा एक, हंशबाहिनी माविमा १३, श्रमिक आधारभुत विद्यालयमा ११, शुक्ला प्राविमा १०, गाउँफर्कोदय माविमा २, छाब्दी माविमा २ र दुर्गा प्राविमा ६ गरी ७३ विपन्न परिवारलाई राहत उपलब्ध गराइएको हो ।

रेष्टले विपन्न परिवारका सन्तानलाई आर्थिक अवस्था हेरि गाँस, बास र कपाससहित कक्षा १२ सम्मको पर्ढाई समेत निःशुल्क पढ्ने व्यवस्था गर्दै आएको छ । यस संस्थामार्फ ग्रामीण भेगका सयौँ विपन्न परिवारका छोराछोरीहरुले पढ्ने वातावरण पाएका छन् ।

तालवेँशी माविमा भएको कार्यक्रममा राहत वितरण गर्दै वडा नं ९ का वडाध्यक्ष लोकनारायण श्रेष्ठले रेष्टले गरेको सहयोग सराहनीय रहेको बताए । रेष्टले गरेको सहयोगले विपन्न परिवारलाई ठुलो राहत पुग्ने बताएका थिए ।

कार्यक्रममा गौमाया थापा, मुक्तिप्रसाद भट्टराइ, अल्मुना संगठन तनहुँ उपाध्यक्ष संगीता वि.क, सचिव वेविता वि.क र कोषाध्यक्ष सुजता नेपाली सहभागी थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker