व्यास–३ मा उद्घोषण, माइन्युट, प्रस्तावना तथा प्रतिवेदन लेखन तालिम

दमौली : व्यास नगरपालिका–३ अन्तर्गत महिला समन्वय समितिको आयोजनामा उद्घोषण, माइन्युट, प्रस्तावना तथा प्रतिवेदन लेखन सम्बन्धी चार दिने तालिम सम्पन्न भएको छ। व्यास नगरपालिकाको सभाहलमा असार ६ देखि सञ्चालन भएको तालिम असार ९ गते सोमबार सम्पन्न भएको हो।

कार्यक्रमको अध्यक्षता महिला वडा समन्वय समितिकी अध्यक्ष शर्मिला ओझा पौडेलले गरेकी थिइन्। तालिममा वडा नं. ३ का विभिन्न टोल बाट सहभागी टोल विकास समिति र महिला समूहका अध्यक्ष र सचिवहरु सहित ४० जना महिला सहभागी थिए।

समापन समारोहमा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले सहभागीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए। उनले लोकतन्त्रमा मौनता होइन, अडान सहितको माग आवश्यक हुने बताउँदै महिलाहरूको नेतृत्व र व्यक्तित्व विकासका लागि यस्ता तालिमहरू अपरिहार्य रहेको धारणा व्यक्त गरे। साथै उनले व्यावसायिक तथा सीपमूलक तालिमहरू आगामी दिनमा थप प्रवाह गरिने प्रतिबद्धता समेत जनाए।

समापन कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष अनुप रानाले तालिमलाई सफलतापूर्वक सम्पन्न गराएकोमा आयोजकलाई धन्यवाद दिँदै आगामी दिनमा वडा बाट आवश्यक सहयोग र बजेटको व्यवस्था गरिने जानकारी दिए।

तालिमका सहजकर्ताका रूपमा रहेका पत्रकार अन्जान परियारले उद्घोषण कला, भाषणकला, माइन्युट, प्रस्तावना तथा प्रतिवेदन लेखन सम्बन्धी विषयमा प्रशिक्षण दिएका थिए।सहभागीहरूको तर्फबाट बोल्दै पूजा गुरुङ र पदमा प्रधानले तालिमले आफू सहित सहभागी सबैलाई महत्त्वपूर्ण ज्ञान प्रदान गरेको बताइन्। उनले तालिममा सिकाइएका सीपहरू व्यवहारमा उतार्ने प्रतिबद्धता जनाउँदै यसले नेतृत्व सीपमा समेत सुधार ल्याउने विश्वास व्यक्त गरिन्।

कार्यक्रमको सञ्चालन महिला वडा समन्वय समितिकी सचिव श्रीमाया रानाभाटले गरेकी थिइन् भने उपाध्यक्ष केश कुमारी रानाले स्वागत मन्तव्य राखेकी थिइन्।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker