कोशीमा गठबन्धनबाट फ्लोरक्रस हुँदा एमालेकी रुक्मिणी कोइराला विजयी

कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा एमाले उम्मेदवार रुक्मिणी कोइराला विजयी भएकी छन् । सत्ता गठबन्धनबाट फ्लोर क्रस भएपछि कोइरालाले अनपेक्षित जित हात पारेकी हुन् ।

कोइरालाई सत्तागठबन्धनकै मतदाताले फ्लोरक्रस गरेर भोट दिएका छन् । यहाँ एमाले-राप्रपाको तालमेल थियो ।

उनले सत्ता गठबन्धनकी चम्पादेवी कार्कीलाई पराजित गरेकी हुन् । कोइरालालाई सत्ता गठबन्धनका ३ सांसदले फ्लोर क्रस गरे । ९३ मध्ये उनलाई ४९ जनाको मत आएको छ । यस्तै स्थानीयत तहका १३१ जनाले मत हालेका छन् । स्थानीयतर्फका १६ जनाले फ्लोर क्रस गरेका छन् ।

प्रदेशसभामा एमालेका ४० र राप्रपाका ६ गरी ४६ सांसद छन् । तर, उनले आफ्नो गठबन्धनभन्दा बाहिरको मत ल्याएकी हुन् । कोइरालालाई ४९ जनाले मत दिँदा सत्ता गठबन्धनकी उम्मेदवार चम्पादेवी कार्कीलाई ४४ जना सांसदले मत दिएका छन् । कोशीमा सत्ता गठबन्धनका ४७ सांसद छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker