युवालाई स्वनिर्भर बनाउनुपर्दछ : उम्मेदवार सिग्देल

भञ्ज्याङ समाचारदाता/तनहुँ

नेकपा (एमाले) तनहुँ क्षेत्र नं २ (२) का उम्मेदवार केदार सिग्देलले युवा शक्तिनै परिवर्तनका आधार भएको हुँदा युवालाई स्वनिर्भर बनाउनुपर्ने बताएका छन् । ‘अबको अर्जुनदृष्टि विकास र समृद्धि हो’, उनले भने, ‘यसका लागि युवा शक्तिको दरिलो आड चाहिन्छ, जसले समाज परिवर्तनमा महत्वपूर्ण भुमिका खेल्दछ ।’

चुनावी अभियानको क्रममा घिरिङ गाउँ कमिटीले आयोजना गरेको कार्यक्रममा उनले हामीले विकासको नाममा विकास मात्र होईन, अबको अर्जुनदृष्टि भएको समृद्धि सहितको विकास हुनुपर्ने र यसका लागि उत्पादनमा जोडिनुपर्नेमा जोड दिए ।

युवा शक्तिको उचित परिचालनले नै समाज निर्माण र देश समृद्ध हुने हुँदा त्यसको लागि युवालाई स्वनिर्भर बनाउन भुमिका खेल्नुपर्ने बताए । देशले मात्र होईन, हामीले नै हरेक ठाउँमा आफ्नो जिम्मेवारिता बहनका लागि तत्परता देखाउने हो भने समृद्धि असम्भव नभएको बताए । युवा शक्तिको सदुपयोग गर्न सकिएमा आत्मनिर्भर बन्ने र त्यसले समाजमा मात्र नभई देशमा नै सकारात्मक प्रभाव पार्ने सिग्देलले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker